काठमाडौं। एलोन मस्कको कम्पनी 'न्युरोलिक ब्रेन मेसिन'ले इन्टरफेसमा धेरै काम गरिसकेको छ। यसले मानिसको दिमागमा एउटा कपालभन्दा सानो चिप लगाएर कन्ट्रोल गर्ने र मोबाइलमा कनेक्ट गर्ने जस्ता कामहरू गरिरहेको छ।
एलोन मस्क त्यो टेक्नोलोजीलाई उपचारको रूपमा प्रयोग गर्न चाहन्छन्। जो बोल्न सक्दैनन् उनीहरूलाई सहयोग गर्न चाहन्छन्। तर, फेसबुको कहानी योभन्दा अलि फरक छ।
फेसबुक जस्ता कम्पनीमाथि पछिल्ला दिनहरूमा प्रयोगकर्ताको गोपनियता भङ्ग गर्ने, निजी जानकारीमाथि हस्तक्षेप गर्ने, प्रयोगकर्ताको सूचना आफ्नो फाइदाका लागि प्रयोग गर्ने जस्ता आरोप लाग्दै आएका छन्। र, अहिले फेसबुक मानिसको सोचाइ पढ्ने अर्थात् डिटेक्ट गर्ने टुल निर्माणको तयारीमा लागेको छ।
बजफिडको एक रिपोर्टअनुसार सालको अन्तिममा हुने फेसबुकका कर्मचारीहरूसँगको आन्तरिक छलफलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को असिस्ट टुल 'टु लङ् डिडन्'ट रिड' (टीडीएलआर) पेश गरिएको थियो। जसले न्युज आर्टिकलको सारांश तयार गर्न सक्छ।
यो टुलले लामा न्युज आर्टिकललाई बुलेट प्वाइन्टहरूमा विभाजन गर्नेछ। र, प्रयोगकर्ताले पूरै आर्टिकल पढ्नुपर्ने छैन।
रिपोर्टअनुसार फेसबुकका प्रमुख टेक्नोलोजी अफिसर माइक स्रोफेरले त्यो बैठकमा भर्चुअल रियालिटी बेस्ड सोसल नेटवर्क 'होराइजन'को बारेमा पनि कुरा गरेका थिए। जुन सोसल नेटवर्कमा प्रयोगकर्ता आफ्ना अवतारको प्रयोग गरेर च्याट तथा ह्याङ्गआउट गर्न सक्छन्।
फेसबुकले २०१९मा 'न्युरल इन्टरफेस स्टार्टअप' (सीटीआरएल) ल्याबको स्वामित्व ग्रहण गरेको थियो। रिपोर्टअनुसार त्यो कम्पनी ब्रेन रिडिङ (दिमाग पढ्ने) प्रोजेक्टमा काम गरिरहेको छ।
फेसबुकले हालसम्म यो नयाँ योजनाको बारेमा आधिकारिक जानकारी दिएको छैन। तर, बजफिडको यो रिपोर्ट सार्वजनिक भएसँगै फेसबुकमाथि फेरि प्रश्न उठ्न सक्नेछन्।
" /> काठमाडौं। एलोन मस्कको कम्पनी 'न्युरोलिक ब्रेन मेसिन'ले इन्टरफेसमा धेरै काम गरिसकेको छ। यसले मानिसको दिमागमा एउटा कपालभन्दा सानो चिप लगाएर कन्ट्रोल गर्ने र मोबाइलमा कनेक्ट गर्ने जस्ता कामहरू गरिरहेको छ।एलोन मस्क त्यो टेक्नोलोजीलाई उपचारको रूपमा प्रयोग गर्न चाहन्छन्। जो बोल्न सक्दैनन् उनीहरूलाई सहयोग गर्न चाहन्छन्। तर, फेसबुको कहानी योभन्दा अलि फरक छ।

">