काठमाडौँ। नेपाल-अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको पाँचौँ बैठक सम्पन्न भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै यही १५ डिसेम्बरमा भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको जानकारी दिएको हो।
बैठकमा वाणिज्य सचिव बैठकुण्ठ अर्यालले नेपाली टोलीको नेतृत्व गरेका थिए। यस्तै, अमेरिकी टोलीको नेतृत्व दक्षिण एसियाका लागि संयुक्त अमेरिकाकामा सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले गरे।
यसै गरी, दुवैतर्फका टोलीमा व्यापार, वित्त, श्रम र अन्य निकायका अधिकारीहरूको समेत सहभागित थियो। बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड र ई-कमर्स, श्रम, वित्तीय सेवा, लगानी प्रवर्द्धन, कृषि उत्पादनको व्यापारका विषयमा छलपल भएको बताइएको छ।
यस्तै, अमेरिकाले नेपाललाई उपलब्ध गराएको व्यापार सहुलियत लगायतका द्विपक्षीय व्यापार र लगानी सम्बन्धी विविध विषयहरूमा छलफल भएको थियो।
दुवै देश बैठकबाट एक अर्काका वस्तुहरूको बजार पहुँचका आपसी चासोका विषयहरूमा सहकार्यलाई निरन्तरता दिन सहमत भएका छन्।
" /> काठमाडौँ। नेपाल-अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको पाँचौँ बैठक सम्पन्न भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै यही १५ डिसेम्बरमा भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको जानकारी दिएको हो।

">