काठमाडौं। फेसबुकको स्वामित्वमा भएको इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपको वेब भर्जनमा पनि पहिलोपटक अडिओ-भिडिओ फिचर आएको छ।
यसअघि मोबाइलमा मात्रै दिइँदै आएको यो सुविधा केही समय अगाडिदेखि परीक्षणका क्रममा थियो। तर, अहिले सबै ह्वाट्सएपको वेब भर्जन प्रयोगकर्ताका लागि उपलब्ध भएको वेबेटाइन्फोले बताएको छ।
वेब भर्जनमा पनि अडिओ-भिडिओ कलको फिचर आएसँगै ह्वाट्सएप प्रयोगकर्ताले पनि यसैमार्फत् पनि ठूलो स्क्रिनमा कन्फरेन्सहरू गर्न सक्ने भएका छन्।
नयाँ फिचर समावेश भएसँगै ह्वाट्सएपले विश्वव्यापी लकडाउनमा सर्वाधिक प्रयोग भएका भिडिओ कन्फरेन्सिङ एपहरू- जुम, गुगल मिट र टीमसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाउन सकिन्छ।
तर, यी दुई एपसँग प्रतिस्पर्धा गर्नका लागि ह्वाट्सएपको वेब भर्जनमा यो सुविधा ल्याइएको भन्ने कम्पनीले कहिँ-कतै खुलाएको छैन।
विश्वभर २ बिलियनभन्दा धेरै प्रयोगकर्ता भएको ह्वाट्सएप व्यक्तिगत कुराकानीका लागि प्रयोग हुने गरेको छ। नकि गुगल मिट र जुम जस्तो समूहगत कुराकानीका लागि।
" /> काठमाडौं। फेसबुकको स्वामित्वमा भएको इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपको वेब भर्जनमा पनि पहिलोपटक अडिओ-भिडिओ फिचर आएको छ।यसअघि मोबाइलमा मात्रै दिइँदै आएको यो सुविधा केही समय अगाडिदेखि परीक्षणका क्रममा थियो। तर, अहिले सबै ह्वाट्सएपको वेब भर्जन प्रयोगकर्ताका लागि उपलब्ध भएको वेबेटाइन्फोले बताएको छ।

">