काठमाडौँ। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९६ अंकको पहिरो गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकमार्फत संसद विघटन गर्न सिफरिस गरेसँगै ओरालो लाग्न थालेको नेप्सेमा पहिरो गएको हो।
मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको घोषणा गरेसँगै बजार थप ओरालो लागेको छ। आइतबार बिहान दुई हजार ४६ अंकबाट सुरु भएको बजार बन्द हुँदासम्ममा एक हजार ९३५ अंकमा पुगेर रोकिएको छ।
आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ मध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको परिसूचक ६६९ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक ५२९ अंकले घटेको छ। यी दुईलगायत सबै समूहमा ठूलो अंकको गिरावट आएको छ।
यस क्रममा आज नेप्सेमा एक करोड ४४ लाख कित्ता सेयर किनबेच भई ९ अर्ब रूपैयाँको कारोबार भएको छ। राजनीतिक रूपमा ठूलो उत्तराचढाव आउँदा लगानीकर्ताले आफ्नो लगानी असुरक्षित ठानेपछि लगानी फिर्ता गर्दा बजार ओरालो लागेको हो।
यस कारण आज बजारमा सेयर किन्न चाहनेहरू भन्दा बेच्न चाहनेहरू हाबी भएका छन्। बजारमा पहिलो आएको दिन आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रति कित्ता १४३ रूपैयाँ गुमाएका छन्।
यस्तै, बजार घटे पनि आजै नेप्सेमा सूचीकृत भएको युनाइटेड इदीमर्दीका लगानीकर्ताले प्रति कित्ता २९ रूपैयाँ कमाएका छन्।
" /> काठमाडौँ। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९६ अंकको पहिरो गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकमार्फत संसद विघटन गर्न सिफरिस गरेसँगै ओरालो लाग्न थालेको नेप्सेमा पहिरो गएको हो।मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको घोषणा गरेसँगै बजार थप ओरालो लागेको छ। आइतबार बिहान दुई हजार ४६ अंकबाट सुरु भएको बजार बन्द हुँदासम्ममा एक हजार ९३५ अंकमा पुगेर रोकिएको छ।

">