काठमाडौं। एनसेलले ‘क्रिसमस’ तथा ‘नयाँ वर्ष २०२१’ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ।
कम्पनीले योजना अन्तर्गत ग्राहकलाई ५० रूपैयाँ र १०० रूपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स दिने भएको हो। यसअनुसार अब ग्राहकले ५० रूपैयाँको रिचार्ज गर्दा हाल पाउँदै आएकोभन्दा बढी ब्यालेन्स पाउने भएका छन्। हाल कम्पनीका ग्राहकले ४९.०२ रूपैयाँ पाउँदै आएका छन्।
यस्तै, एक सय रूपैयाँको रिर्चाज गर्दा यसअघि ९८.०४ रूपैयाँ पाउँदै आएकोमा अब १०२ रूपैयाँ पाइन्छ। यसैगरी, ५० रूपैयाँको रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० सम्म र १०० रूपैयाँ रिचार्ज गर्नेले २०० सम्म मेन ब्यालेन्स पाउने बताइएको छ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले बताएको छ। रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको ५० र १०० रूपैयाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ।
कम्पनीले ल्याएको योजना आजदेखि लागु भएर आगामी १५ दिन अर्थात् पुस १९ गतेसम्ममा लागि लागू हुनेछ।
" /> काठमाडौं। एनसेलले ‘क्रिसमस’ तथा ‘नयाँ वर्ष २०२१’ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ।कम्पनीले योजना अन्तर्गत ग्राहकलाई ५० रूपैयाँ र १०० रूपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स दिने भएको हो। यसअनुसार अब ग्राहकले ५० रूपैयाँको रिचार्ज गर्दा हाल पाउँदै आएकोभन्दा बढी ब्यालेन्स पाउने भएका छन्। हाल कम्पनीका ग्राहकले ४९.०२ रूपैयाँ पाउँदै आएका छन्।

">