वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि घटेन रेमिट्यान्स, चार महिनामा ३ खर्ब ३७ अर्ब
काठमाडौं। विश्वव्यापी महामारीको समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९६ प्रतिशतले घटे पनि रेमिट्यान्स भित्रिने क्रममा भने वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको पहिलो चार महिनामा ११.२ प्रतिशतले रेमिट्यान्स भित्रिने क्रम बढेको छ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन, गत वर्षको यही अवधिको तुलनामा ११.२ प्रतिशतले बढी हो।

रेमिट्यान्समार्फत भित्रिने रकम नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि वृद्धि भएको छ। यस अवधिमा रेमिट्यान्समार्फत भित्रिने अमेरिकी डलरमा ६.४ प्रतिशतले उकालो लागेको छ। तथ्यांक अनुसार अमेरिकी डलरमा दुई अर्ब ८५ करोड डलर रेमिट्यान्स भित्रिएको छ।

घट्यो वैदेशिक रोजगारीमा जानेहरुको संख्या

अर्थ मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको मासिक अर्थ बुलेटिनमार्फत चार महिने अवधिमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या गत वर्षको तुलनामा ९६ प्रतिशतले घटेको जानकारी दिएको थियो।

यस्तै, आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको चौमासिक तथ्यांकले यस अवधिमा श्रम स्वीकृती लिनेहरुको संख्यामा कमी आएको बताएको छ।

चार महिनामा गत वर्षको यही अवधिको तुलनामा श्रम स्वीकृती लिनेहरुको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ मा सिमिति रहेको तथ्यांकमा देखिन्छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिनेहरुको संख्यामा समेत गिरावट आएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा पुनः श्रम स्वीकृती लिनेको संख्या ६७.९ प्रतिशतले घटेको छ।

श्रम स्वीकृती र पुनः श्रम स्वीकृती लिनेको संख्या तथा वैदेशिक रोजगारीमा जानेहरुकै संख्यामा ठूलो गिरावट आउँदा पनि विदेशबाट भित्रिने रमेट्यिान्स भने लगातार बढीरहेको सरकारी तथ्यांकले देखाउँछ।

खासगरी, विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले हुण्डीमार्फत नेपालमा पैसा पठाउँदै आएका थिए। तर, कोरोना महामारीका कारण हुण्डी कारोबार बन्द हुँदा अनौपचारिक रुपमा रकम भित्रिने क्रम रोकिएको छ।

फलस्वरुपः विदेशबाट नेपाल भित्रिने पैसा रेमिट्यान्समार्फत औपचारिक रुपमा आउँदा रेमिट्यान्स आप्रवाहको तथ्यांकमा वृद्धि देखिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्