काठमाडौं। आधा शताब्दीभन्दा लामो इतिहास बोकेको काठमाडौंं दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्ण बन्द हुने भएको छ।
कोरोना महामारी अघिदेखि नै आर्थिक समस्या भोग्दै आएको अन्नपूर्ण होटल पूर्णरूपमै बन्द गर्न लागेको होटलकी अध्यक्ष सृजना राणाले बताइन्।
भनिन्, “हामी पहिलेदेखि नै होटल बन्द गर्ने पक्षमा थियौं। तर, महामारी अघि धेरथोर आम्दानी भइरहेको थियो।”
सोहीकारण, होटललाई बन्द गर्ने निर्णय गर्न नसक्दै गर्दा कोभिड–१९ ले आर्थिक संकट थपेपछि भने प्रशासनले होटल बन्द गर्ने निर्णय गरेको हो।
राणाले विश्वव्यापी महामारीका कारण होटलको आम्दानी ठप्पै भए पनि खर्च भने उस्तै रहेको जानकारी दिइन्। उनले महामारीको सुरुआती चरणमा होटल एशोसिएसन नेपाल (हान)ले ‘बचौं र बाँचौं’ भन्ने सहमति गरेका कारण ढिलो गरी बन्द भएको बताइन्।
“उक्त सहमतिमा कर्मचारीलाई न्यूनतम तलब दिने र होटल÷कर्मचारी दुवै पक्ष नमर्ने गरी सहमति भएको थियो,” उनले भनिन्, “सोहीकारण, डिसेम्बरसम्म सबै कर्मचारीलाई न्यूनतम तलब दियौं।”
तर, आगामी वर्ष २०२१ मा पनि पर्यटन क्षेत्र लयमा नफर्कने देखिएपछि होटल नै बन्द गरेर नयाँ संरचना विकास गर्ने योजना बनिरहेको छ।
“यद्यपि, नयाँ संरचनामा कस्तो र के बन्छ भन्ने निर्णय भइसकेको छैन। लगानीको पाटो र लगानीपछिको प्रतिफलको पाटो हेरेर लगानी गर्छौं”, राणाले देखापढीसँग भनिन्।
५५ वर्षको लामो इतिहास बोकेको उक्त होटलका सबै संरचना पुराना भइसकेका छन्। अझ कोरोना कालमा झण्डै ९ महिना पर्यटकको आवागमन नहुँदा स्याहारसुसार भएन।
जसकारण, होटलका पहिलेदेखि नै पुराना भएका संरचना थप पुरानो भएको अध्यक्ष राणाले बताइन्। उनले होटलको संरचना धेरै पुरानो भएकाले धरासायी बन्दै गएको जानकारी दिइन्।
हाल होटलमा ३६० जना कर्मचारी छन्। होटलमा झण्डै ४० वर्ष पहिलेदेखि जोडिएका कर्मचारीको तलब महिनाको एक लाखभन्दा बढी रूपैयाँ पुगिसकेको छ।
ती कर्मचारीको बाँकी सबै (सञ्जयकोष र अनुदान) रकम भुक्तानी गरेर पठाउने राणाले बताइन्। “कर्मचारी समक्ष उनीहरूको सबै बाँकी रकम भुक्तानी गरेरै बिदा गर्ने प्रतिबद्धता गरेकी छु,” उनी भन्छिन्, “सबैको भुक्तानी गर्दा करोडौं रूपैयाँ बाँकी हुन सक्छ।”
होटलमा नेपाल ट्रस्ट र कुमार गोरखको पाँच÷पाँच प्रतिशत सेयर छ। यस्तै, खेतान समूहसँग पनि कम्पनीको केही हिस्सा सेयर छ। त्यसबाहेक सबै सेयर राणा परिवारसँग छ।
तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको कम्पनीको सेयर हाल ट्रस्टको नाममा छ।
" /> काठमाडौं। आधा शताब्दीभन्दा लामो इतिहास बोकेको काठमाडौंं दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्ण बन्द हुने भएको छ।कोरोना महामारी अघिदेखि नै आर्थिक समस्या भोग्दै आएको अन्नपूर्ण होटल पूर्णरूपमै बन्द गर्न लागेको होटलकी अध्यक्ष सृजना राणाले बताइन्।

">