काठमाडौँ। चिनी उद्योगलाई उखु बेचेबापत्को पैसा पाउनुपर्ने भन्दै उखु किसानले माइतीघरमा आनदोलन थालेको नौ दिन पुगिसकेको छ। गत मंसिर २८ गतेदेखि किसान निरन्तर आन्दोलनमा छन्।
चिनी उद्योगले दिन बाँकी सबै रकम नलिई घर नफर्किने अडान कसेका किसानले बिस्तारै केही रकम पाउन थालेको देखिएको छ।
ठीक एक वर्षअघिको आन्दोलनमा चिनी उद्योगी र उद्योग मन्त्रालयबीच भएको सहमति पालना गराउन पुनः सडकमा आएका किसानले पैसा पाउने आशा गर्न थालेका छन्।
उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार उद्योगहरूले बिस्तारै पैसा भुक्तानी गर्न थालेका हुन्। आन्दोलन उत्रिएर रकम भुक्तानी नपाएसम्म उधारो सहमति नगर्ने बताएपछि उद्योगहरूले किसानलाई भुक्तानी दिन थालेको उनको भनाइ छ। यद्यपि, सबै पैसा नपाई घर फर्किने कुनै सोच नबनेको उनले देखापढीलाई बताए।
किसानको कति बक्यौता उठ्यो?
उद्योग, वाणिज्य मन्त्रालयले जानकारी दिएअनुसार हालसम्म दुईवटा उद्योगले गरेर ३० करोड भुक्तानी गरेका छन्। श्रीराम सुगर मिल्सले २५ करोड र अन्नपूर्ण सुगर मिल्सले ५ करोड गरेर ३० करोड भुक्तानी दिएका हुन्।
अब १० करोड भुक्तानी गर्न बाँकी रहेको श्रीरामले यही पुस १८ गते उद्योग परिसरमा उखु बेचेको कागजात लिएर आउन सबैमा सूचनासमेत गरेको मन्त्रालयले जानकारी दिएको छ। यसै गरी, उद्योग मन्त्रालयको तथ्यांकअनुसार अन्नपूर्णले अब किसानलाई ९ करोड रूपैयाँ दिन बाँकी रहेको देखिन्छ।
मन्त्रालयका अनुसार अब लुम्बिनी सुगर मिल्सले ८ करोड ४१ लाख र इन्दीरा सुगर मिल्सले चार करोड ७० लाख रूपैयाँ भुक्तानी दिन बाँकी छ। बाँकी रकम यथाशीघ्र तिर्न लगाउने मन्त्रालयको प्रतिबद्ध रहेको प्रवक्ता केसीले जानकारी दिइन्।
" />काठमाडौँ। चिनी उद्योगलाई उखु बेचेबापत्को पैसा पाउनुपर्ने भन्दै उखु किसानले माइतीघरमा आनदोलन थालेको नौ दिन पुगिसकेको छ। गत मंसिर २८ गतेदेखि किसान निरन्तर आन्दोलनमा छन्।

">