काठमाडौं। पछिल्लो पाँच महिनामा विश्वका १४० देशबाट ६ हजार २८० जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। सोही अवधिमा नेपालबाट फर्कने पर्यटकको संख्या ११ हजार ६५६ रहेको छ।
अध्यागमन विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ सुरु भएयता (साउनदेखि मंसिरसम्म)को पाँच महिनाको अवधिमा ४ हजार २१३ पुरुष र २ हजार ६७ जना महिला पर्यटक नेपाल आएका छन्।
सोही अवधिमा ७ हजार ७५२ पुरुष, ३ हजार ८६१ महिला र ४३ जना पहिचान नखुलेका गरी ११ हजार ६५६ पर्यटक नेपालबाट फर्केका छन्।
पछिल्लो पाँच महिनामा नेपालमा सबैभन्दा बढी पर्यटक अमेरिकाबाट आएको देखिन्छ। उक्त अवधिमा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका थिए छन् १ हजार ६५६ जना अमेरिकी पर्यटक नेपालबाट फर्केका छन्।
अमेरिकीपछि नेपाल आउने पर्यटकको ठूलो संख्या बेलायतीको छ। बेलायतबाट पाँच महिनामा ९ सय १ जना पर्यटक नेपाल आएका छन्। सोही अवधिमा १ हजार ६५ जना बेलायती पर्यटक नेपालबाट फर्केका छन्।
यस्तै, नयाँ आर्थिक वर्ष सुरु भएप्छि चीनबाट ५६५ जना, भारतबाट ४३१ जना र टर्कीबाट ३०३ जना पर्यटक नेपाल आएका छन्। सोही अवधिमा ४ हजार ३९० जना चिनियाँ, ५९० जना भारतीय र ५९० जना टर्कीस पर्यटक नेपालबाट स्वदेश फर्केका छन्।
कोरोना महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएका कारण पर्यटक आवागमन ज्यादै न्यून रहेको हो।
" /> काठमाडौं। पछिल्लो पाँच महिनामा विश्वका १४० देशबाट ६ हजार २८० जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। सोही अवधिमा नेपालबाट फर्कने पर्यटकको संख्या ११ हजार ६५६ रहेको छ।अध्यागमन विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ सुरु भएयता (साउनदेखि मंसिरसम्म)को पाँच महिनाको अवधिमा ४ हजार २१३ पुरुष र २ हजार ६७ जना महिला पर्यटक नेपाल आएका छन्।

">