काठमाडौं। टेक्नोलोजीमा ख्यातिप्राप्त सामसङले कपडा धुलाइका साथै स्यानिटाइजसमेत गर्ने नयाँ प्रविधि बजारमा ल्याएको छ। कम्पनीको यो नयाँ उत्पादनले कपडा सफा पार्ने र त्यसमा रहेको गन्ध तथा धुलो हटाउने छ।
यो एयरड्रेसरले ९९.९ प्रतिशत भाइरस तथा ब्याक्टेरिया मार्ने पनि कम्पनीको दाबी छ। सामसङको यो उत्पादन तन्ना, छालाका सामान, हल्काखालका खेलौनाको सफाइमा पनि उपयोगी हुने बताइएको छ। हाल भारतीय बजारमा आएको यो एयरडे«सरको मूल्य एक लाख १० हजार भारु रहेको कम्पनीले जानकारी दिएको छ।
यो एयरड्रेसरले कपडालाई चार सहज चरणमा स्यानिटाइज गर्न सकिन्छ। सबैभन्दा पहिला उपभोक्ताले त्यसमा दिइएको जेट स्टिम प्रयोग गर्नुपर्छ। यसले कपडाको भित्री तहसम्म तातो बनाउँछ र ९९ प्रतिशतसम्म ब्याक्टेरिया नास गर्छ। साथै, उक्त तापले भाइरस पनि मारिदिन्छ। त्यसपछि कपडामा रहेको गन्ध हट्ने र सफा हुनेछ।
त्यसपछि प्रयोगकर्तालाई जेट एयरको अप्सन दिइन्छ। त्यसमा रहेको जेट एयर तथा एयर ह्यांगरले कपडाको फोहोर हटाइदिन्छ। यसको सबैभन्दा राम्रो कुरा त के हो भने, यो चलाउँदा न त ठूलो आवाज आउँछ न त भाइबे्रसन नै हुन्छ। यही कारण यो एयरडे«सर बेडरुम वा घरको कुनै पनि स्थानमा राख्न सकिन्छ।
यसमा हिटटप ड्राइङ तथा डिओडोराइजिङ फिल्टरसमेत हुनाले कपडालाई कम तापमै सुकाउन सकिन्छ। यसले कपडाको टिकाउ कायमै राख्छ। डिओडोराइजिङले कपडाको सानासाना दाग र गन्ध हटाइदिन्छ।
" /> काठमाडौं। टेक्नोलोजीमा ख्यातिप्राप्त सामसङले कपडा धुलाइका साथै स्यानिटाइजसमेत गर्ने नयाँ प्रविधि बजारमा ल्याएको छ। कम्पनीको यो नयाँ उत्पादनले कपडा सफा पार्ने र त्यसमा रहेको गन्ध तथा धुलो हटाउने छ।यो एयरड्रेसरले ९९.९ प्रतिशत भाइरस तथा ब्याक्टेरिया मार्ने पनि कम्पनीको दाबी छ। सामसङको यो उत्पादन तन्ना, छालाका सामान, हल्काखालका खेलौनाको सफाइमा पनि उपयोगी हुने बताइएको छ। हाल भारतीय बजारमा आएको यो एयरडे«सरको मूल्य एक लाख १० हजार भारु रहेको कम्पनीले जानकारी दिएको छ।

">