सर्लाही। हरिवन नगरपालिका-११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङ (चिनी उत्पादन गर्ने प्रक्रिया)को काम सुरू गरेको छ।
यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोहीअनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए।
उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। गत वर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको उद्योगले दसैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो।
जिल्लामा तीन चिनी उद्योग रहे पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले दाबी गरे।
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।
यी दुवै उद्योगविरूद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन/चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ।
दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ। उद्योगले आफ्नातर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको जिकिर गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य ५४४ रूपैयाँ दिन सिफारिस गरिसकेको छ। यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल ६१७ रूपैयाँ कायम हुनुपर्ने माग राखेका छन्। रासस
" /> सर्लाही। हरिवन नगरपालिका-११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङ (चिनी उत्पादन गर्ने प्रक्रिया)को काम सुरू गरेको छ।उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। गत वर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको उद्योगले दसैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो।

">