काठमाडौं। बीमा कम्पनीहरूले हालसम्म १५ हजार ३८१ जनालाई कोरोना बीमा दाबी रकम भुक्तानी गरेका छन्।
कम्पनीहरूले मंसिर ८ गतेसम्ममा १५ हजार भन्दा बढी आवेदकलाई एक अर्ब ५० करोड रूपैयाँ बराबरको दाबी भुक्तानी दिएका हुन्।
त्यस्तै, २,६८६ जनाको आवेदन प्रमाणित हुने पक्रियामा छ भने ३,५५५ जनाको आवेदन स्वास्थ सेवा विभागमा विचाराधीन छ। ७४५ वटा दाबी विभागमा पठाउन तयारी अवस्थामा रहेको र दुई हजार ५३ वटा आवेदन सम्बन्धित बीमा कम्पनीमै पठाएको बीमा सममितिले बताएको छ। यस्तै, ७६ वटा कोरोना बीमाको दाबी नदिने र ३,७९८ वटा आवेदन भेरिफिकेसनको प्रक्रियामा रहेको बताइएको छ।
कोरोना बीमाको दावी भुक्तानी ढिला भइरहेको भन्दै चर्को विरोध भइरहेको अवस्थामा कम्पनीहरूले दाबी भुक्तानीको प्रक्रियालाई बढाएका हुन्।
" /> काठमाडौं। बीमा कम्पनीहरूले हालसम्म १५ हजार ३८१ जनालाई कोरोना बीमा दाबी रकम भुक्तानी गरेका छन्।कम्पनीहरूले मंसिर ८ गतेसम्ममा १५ हजार भन्दा बढी आवेदकलाई एक अर्ब ५० करोड रूपैयाँ बराबरको दाबी भुक्तानी दिएका हुन्।

">