काठमाडौँ। नेपालमा उत्पादन नै नहुने पाम तेलको निकासीमा शत प्रतिशत गिरावट आएको छ। गत वर्षको पुस महिनामा भारतले आयातमा रोक लगाएपछि पाम तेलको निकासीमा गिरावट आएको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट भारततर्फ जम्मा ४ लाख ४३ हजार रूपैयाँको पाम तेल निकासी भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट भारततर्फ ११ अर्ब ५४ करोड रूपैयाँको पाम तेल निकासी भएको थियो। विभागको तथ्यांकअनुसार पाँच महिनामा नेपालबाट जम्मा तीन हजार लिटर तेल निकासी भएको हो।
नेपालमा उत्पादन नै नहुने पाम तेल व्यापारीहरूले मलेसिया, इण्डोनेसिया र सिंगापुरबाट आयात गरेर भारततर्फ पठाउँदै आएका थिए।
विश्वमा पाम तेलको सबैभन्दा ठूलो निकासीकर्ता मलेसिया र सबैभन्दा ठूलो आयातकर्ता भारत थियो। यी दुई मुलुकबीच गत वर्ष आएको कुटनीतिक द्वन्द्वका कारण पाम तेलको आयातमा भारतले रोक लगाएको थियो।
खास गरी, भारतले कश्मीरमा लगाएको प्रतिबन्धविरुद्ध मलेसियाले बोलेपछि मलेसिसँग बदला लिने भावनासहित भारतले पाम तेलको आयात रोकेको थियो।
भारतको उक्त कदमपछि मलेसियाका लाखौं पाम तेल कृषक मारमा परेका थिए। ती दुई मुलुकको आपसी द्वन्दका कारण नेपाली व्यापारीहरू समेत मारमा परेका थिए।
यद्यपि, हाल नेपाली व्यापारीले भारततर्फ भटमासको तेलको निकासी गर्दै आइरहेका छन्। फलस्वरूपः यतिबेला पाम तेलको स्थान भटमासको तेलले लिएको छ।
" /> काठमाडौँ। नेपालमा उत्पादन नै नहुने पाम तेलको निकासीमा शत प्रतिशत गिरावट आएको छ। गत वर्षको पुस महिनामा भारतले आयातमा रोक लगाएपछि पाम तेलको निकासीमा गिरावट आएको हो।भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट भारततर्फ जम्मा ४ लाख ४३ हजार रूपैयाँको पाम तेल निकासी भएको छ।

">