सिजा। नाग्म-गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर-हीरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ।
कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटकपटकको निर्देशन अटेर गरेपछि जेभीलाई नवौँपटक पत्र काटिएको बताएका छन्। शुरुआती विन्दु १३ किमीमा पाँच वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन। बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई यही पुस २ गते काम गर्न भनी अन्तिम पत्र काटिएको कार्यालयले जनाएको छ।
वि.सं. २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो। सम्झौता रकम रू. १० करोड १३ लाख ८,१३० मध्ये रू सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गरिने जानकारी दिएका छन्।
रासस
" /> सिजा। नाग्म-गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर-हीरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ।कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटकपटकको निर्देशन अटेर गरेपछि जेभीलाई नवौँपटक पत्र काटिएको बताएका छन्। शुरुआती विन्दु १३ किमीमा पाँच वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन। बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई यही पुस २ गते काम गर्न भनी अन्तिम पत्र काटिएको कार्यालयले जनाएको छ।

">