काठमाडौँ। विभिन्न उद्योगहरूको माग अनुरूप श्रमबजारको सूचनामा सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले सूचना प्रणाली विकास परियोजना (ईएलएमएस) सुरु भएको छ।
नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरूको संयुक्त पहलमा सचिवालय गठन गरी श्रम सुचनामा रोजगारदाताको मागअनुरूप काम गर्न ईएलएमएस परियोजना सुरु भएको हो।
नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका हुन्।
कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरूको एकरूपता कायम गर्दै सरकारलाई सोअनुरूप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकता बीच बेमेल रहेको बताएका थिए।
यस्तो अवस्थाले एकातिर तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेको छ भने अर्कोतिर नेपाली युवाहरूले वाञ्छित रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको यथार्थता रहेको उनको भनाइ छ।
स्वदेशमा दक्ष जनशक्तीको अभावका कारण निजी क्षेत्रले आवश्यकता अनुसार शिपयुक्त जनशक्ति नपाउँदा उद्योग–व्यवसाय कम क्षमतामा सञ्चालन गर्नु परेको र सो जनशक्तिको न्यून पूर्ति गर्न विदेशी कामदारमा भर पर्नु परेको स्थिति छ।
उनले यस्तो समस्यालाई दृष्टिगत गरि परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरूले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिए।
कार्यक्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखिएको कामको प्रशंसा गरे।
उनले प्रदेशले सञ्चालनमा ल्याउन लागेको रोजगारी पोर्टलसँग सहकार्य गर्दा परियोजनाको उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे।
साथै उनले यस परियोजनाद्वारा रोजगारदाताको मागअनुसार ‘सिप वर्गीकरण’ नेपालको सन्दर्भमा निकै आवश्यक विषयको उठान भएको समेत बताएका थिए।
" /> काठमाडौँ। विभिन्न उद्योगहरूको माग अनुरूप श्रमबजारको सूचनामा सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले सूचना प्रणाली विकास परियोजना (ईएलएमएस) सुरु भएको छ।नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरूको संयुक्त पहलमा सचिवालय गठन गरी श्रम सुचनामा रोजगारदाताको मागअनुरूप काम गर्न ईएलएमएस परियोजना सुरु भएको हो।

">