काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर किनबेच गरेबापत लगानीकर्ताले ब्रोकर कम्पनीलाई तिर्नुपर्ने कमिसन घटाएको छ। बोर्डले आगामी आइतबार (पुस १२) गतेदेखि लागू हुने गरेर कमिसन घटाएको हो।
जसअनुसार अब लगानीकर्ताले ५० हजार रूपैयाँसम्मको कारोबार गर्दा ०.४० प्रतिशत तिर्नुपर्ने छ। यस्तै, पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ र २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन तिरे हुनेछ।
यसैगरी, एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन तिरे हुने भएको छ।
हाल ब्रोकर कम्पनीहरुले ५० हजार रूपैयाँसम्मको कारोबार गर्दा ०.६, पाँच लाख रूपैयाँसम्मको कारोबार गर्दा ०.५५, एक करोड रूपैयाँसम्मको कारोबारमा ०.४५ र एक करोडभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन लिँदै आएका छन्।
यद्यपि, बोर्डले नयाँ कमिसन दर सार्वजनिक गरेपछि अर्को सातादेखि हुने कारोबारमा ब्रोकरले नयाँ कमिसन दरबाट कमिसन लिनुपर्ने छ।
" /> काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर किनबेच गरेबापत लगानीकर्ताले ब्रोकर कम्पनीलाई तिर्नुपर्ने कमिसन घटाएको छ। बोर्डले आगामी आइतबार (पुस १२) गतेदेखि लागू हुने गरेर कमिसन घटाएको हो।जसअनुसार अब लगानीकर्ताले ५० हजार रूपैयाँसम्मको कारोबार गर्दा ०.४० प्रतिशत तिर्नुपर्ने छ। यस्तै, पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ र २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन तिरे हुनेछ।

">