कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

काठमाडौं। दक्षिण कोरियाको सन् २०२१ मा नेपालसहित १६ मुलुकबाट ५२ हजार श्रमिक लाने भएको छ। कोरियाले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीपछि २०२० को तुलनामा श्रमिकको संख्या चार हजारले घटाएर लाने भएको हो।

महामारीका कारण सन् २०२० को कोटाअन्तर्गतका ३० हजार ९०९ विदेशी श्रमिक कोरिया जान पाएका छैनन्।

कोरियाले अर्को वर्ष लग्ने ५२ हजार मध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७०० र कृषिमा ६ हजार ४०० कामदार ल्याउने अनुमति दिएको छ।

यसैगरी, मत्स्यपालनमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुन: प्रवेश) श्रमिक आउनेछन्।

प्रतिक्रिया दिनुहोस्