काठमाडौं। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
शनिबार सम्पन्न भएको सहकारी पत्रकार समाज (सीजेएन) को १०औं वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन्।
कँडेलले कार्यक्रममा बोल्दै क्रममा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्त्वपूर्ण योगदान दिने बताए।
यस्तै, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए।
पत्रकारिता पुरस्कार श्रेष्ठलाई
नेपाल सहकारी पत्रकार समाजले १०औं वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ।
सीजेएनले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएका उक्त पुरस्कार यस वर्ष विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो।
त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव एंव कर्पोरेट नेपाल डटकमका सम्पादक सीताराम विलासीलाई ‘सीजेएन संस्थापक सम्मान’ गरिएको छ।
" /> काठमाडौं। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।शनिबार सम्पन्न भएको सहकारी पत्रकार समाज (सीजेएन) को १०औं वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन्।

">