पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।
शनिबार पोखरामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौं प्रदेशसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्नका लागि राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका हुन्।
राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने बताउदै उनले परम्परागत नियम, कानुन र दृष्टिकोण विस्तारै परिवर्तन गर्न जरुरी रहेको बताए।
मलेसियाको विकासको नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार नहुने बताए।
उत्तरदेखि दक्षिणसम्म फैलिएको गण्डकी प्रदेश धेरै सम्भावना रहेको क्षेत्र भएको बताउँदै उनले राज्यले यसलाई मनन गरी लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्ने बताए।
“दुई छिमेकी मुलुकहरु चीन र भारतसँग सिमाना फैलिएको गण्डकी प्रदेश, सम्भावनै सम्भावनाले भरिएको प्रदेश हो। यस प्रदेशमा ऊर्जा, पर्यटन, कृषि तथा अन्य धेरै उद्योग व्यवसायहरुको धेरै सम्भावना छ। यी सम्भावनालाई वास्तविकतामा बदल्न आवश्यक वातावरण बनाउने काम राज्यको हो,” उनले भने।
कोभिड-१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउँदै उनले सरकारले ल्याएको राहत सम्बन्धित व्यवसायीहरुले पनि पाउन नसकेको बताएका छन्।
“बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना गरिएको पनि थिएन। साथै तत्कालीन अवस्थामा बजेट तथा मौद्रिक नीतिमार्फत ल्याइएका कार्यक्रमहरु अहिलेको अवस्थामा अपूर्ण छन्। यसलाई पुनरावलोकन गरी अहिलेको समस्यालाई सम्बोधन गर्नेगरी ल्याउनु जरुरी छ,” उनले भने, “यसका साथै धेरै कार्यक्रमहरु सम्बन्धित व्यवसायीहरुले पाउन पनि सकेका छैनन्। यसमा पनि राज्यको ध्यान पुग्न जरुरी छ।”
मुलुकलाई आर्थिक विकास तथा समृद्धिको बाटो अगाडि बढाउनका लागि सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै उनले यसमा राज्य तथा सम्बन्धित सरोकारवालाहरुको ध्यान पुग्ने आशा व्यक्त गरे।