काठमाडाैं। कोभिड-१९ को प्रभावले इन्धन खपतमा कमी आउँदासमेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ। गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब रुपैयाँ नाफा कमाएको छ। पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो।
प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो।
ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ।
कुन वर्ष कति नाफा
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो। निगमले गत आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा नाै अर्ब ४५ करोड, २०७४/७५ मा तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ।
निगमले आव २०७५/७६ मा २९ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई १० अर्ब पुँजी वृद्धि गरेर ११ अर्ब पुर्याएको थियो। आव ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो। आव २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो। इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाटसमेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।
दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ। साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको जनाएको छ। आव २०७०/७१ मा प्रतिलिटर १३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य आव ०७६/७७ को असार मासान्तसम्म घटेर १०२ रुपैयाँमा झरेको थियो। यस्तै सोही अवधिमा १०५ रुपैयाँ रहेको डिजेलको मूल्य घटेर ८८ रुपैयाँमा झरेको थियो।
निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ। इण्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ।
निगममा सरकारको ९९ प्रतिशत सेयर लगानी रहेको छ। यसमा अर्थ, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको सेयर रहेको छ। सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आवमा इन्धनको कारोवार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको जनाएको छ। गत वर्ष निगमले दुई खर्ब पाँच अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो।
निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा चार अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। यस्तै प्रदूषण करबाट दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ। निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ।
सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ। हाल पेट्रोल प्रतिलिटर १०६ र डिजेलको ८९ रुपैयाँ मूल्य रहेको छ। रासस
" /> काठमाडाैं। कोभिड-१९ को प्रभावले इन्धन खपतमा कमी आउँदासमेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ। गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ।निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब रुपैयाँ नाफा कमाएको छ। पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो।

">