काठमाडौँ। साताको पहिलो दिन आइतबार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सुधारिएको छ। कारोबार सुरु भएदेखि नै घट्न थाले पनि अन्तिम समयमा सामानय अंकको सुधार आएको हो।
आज बजार सामान्य अंकले बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ। ८ अंकले बढेको नेप्सेमा ७४ लाख कित्ता सेयर किनबेच भई तीन अर्ब ८५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
पछिल्लो समय सेयर बजारमा दैनिक औसतमा ६ अर्बको कारोबार हुँदै आएको थियो। हिजो साताको पहिलो दिन आइबार पनि नेप्सेमा चार अर्ब ४२ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको थियो।
सेयर बजारमा आज कारोबार भएका समूहमध्ये व्यापार, विकास बैंक र अन्य समूहमा भने गिरावट आएको छ। यी बाहेक अन्य सबै समूहमा सुधार आएको छ।
यसमध्ये निर्जीवन बीमा कम्पनी समूहमा ७५ अंकको सुधार आएको छ। बजार बढे पनि आज एसबीएल डिबेन्चर २०८२ को सेयर मूल्य सबैभन्दा बढी प्रति कित्ता ८५ रूपैयाँले घटेको छ।
" /> काठमाडौँ। साताको पहिलो दिन आइतबार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सुधारिएको छ। कारोबार सुरु भएदेखि नै घट्न थाले पनि अन्तिम समयमा सामानय अंकको सुधार आएको हो।आज बजार सामान्य अंकले बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ। ८ अंकले बढेको नेप्सेमा ७४ लाख कित्ता सेयर किनबेच भई तीन अर्ब ८५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

">