काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छिन्। आज (बुधबार) बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको बारेमा ‘ब्रिफिङ’ गरेका थिए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्रालयमातहत निकायहरूको ब्रिफिङ लिन शुरु गरेकी हुन्। त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरूको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्।
खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रूपमा अगाडी बढाउनुपर्ने मन्त्री अर्यालको भनाइ थियो।
“अहिलेको अवस्थामा अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुँदैन। अब घुम्ती टोलीमार्फत नियमित रूपमा अनुमन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन्, “तपाईँहरू योजनासहित अगाडि बढ्नुस्। यसलाई अभियानकै रूपमा हामीले अगाडि लगौँ।”
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरू थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीहरूलाई निर्देशन दिइन्। नीति, नियम, ऐनहरू निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन्।
भन्सार क्षेत्रमा प्रभावकारिता बढाउने गरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्ने गरी अभियानमुखी कार्यक्रम अगाडि बढाउनुपर्ने बताइन्।
" /> काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छिन्। आज (बुधबार) बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको बारेमा ‘ब्रिफिङ’ गरेका थिए।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछि मन्त्रालयमातहत निकायहरूको ब्रिफिङ लिन शुरु गरेकी हुन्। त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरूको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्।

">