काठमाडौँ। पछिल्लो दुई दिन सुस्ताएको सेयर बजारमा आज बुधबार उत्साहजनक सुधार आएको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९ अंकले बढेको छ।
नेपाल धितोपत्र बोर्डले गत साता सेयर लगानीकर्ताले सेयर बिनबेच गर्दा ब्रोकरहरूले लिने सेयर कमिशन घटाएदेखि सुस्ताएको बजार आज उत्साहजनक रूपले सुधारिएको हो।
सेयर बजारमा हिजो मंगलबार ५ अंकको र अस्ति सोमबार ९ अंकको सामान्य सुधार आएको थियो। अघिल्लो साताको शुक्रबार कमिशन घटेपछि यो साताको आइतबार भने ३९ अंकको गिरावट आएको थियो।
झण्डै ५० अंकको सुधार आएको दिन आज नेप्सेमा ९९ लाख कित्ता सेयर किनबेच भएर चार अर्ब ४६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
सेयर उत्साहजनक रूपले बढेको दिन आज होटल र विकास बैंक समूहमा भने गिरावट आएको छ। होटल समूह १९ अंक र विकास बैंक समूह ०.७५ अंकको गिरावट आउनुबाहेक अन्य सबै समूहमा सुधार आएको छ। यसमध्ये आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह ३४८ अंकले बढेको छ।
यसै गरी, जीवन बीमा समूहको सूचक १५३ अंकले सुधारिएको छ। यीसहित अन्य ८ समूहमा पनि सुधार आएको छ।
" /> काठमाडौँ। पछिल्लो दुई दिन सुस्ताएको सेयर बजारमा आज बुधबार उत्साहजनक सुधार आएको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९ अंकले बढेको छ।नेपाल धितोपत्र बोर्डले गत साता सेयर लगानीकर्ताले सेयर बिनबेच गर्दा ब्रोकरहरूले लिने सेयर कमिशन घटाएदेखि सुस्ताएको बजार आज उत्साहजनक रूपले सुधारिएको हो।

">