पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको साझेदार भएको बताएका छन्।
पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन्। उनले भने, “जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारको रूपमा हेर्दैन, तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न सक्दैन।”
मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरण दिँदै ढकालले राज्यले निजी क्षेत्रलाई व्यावसायिक साझेदारको रूपमा नलिएसम्म निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए।
देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालको भनाइ छ।
“राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन। राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित गरेको छ। सबै व्यवसायीहरूलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन,” ढकालले भने।
कोभिड-१९ को सबैभन्दा ठूलो असर व्यावसायिक क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड-१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताए।
कोभिड-१९ को महामारीले नयाँनयाँ व्यवसायहरूको अवसर पनि सृजना गरेको बताउँदै यसले डिजिटल इकोनोमिको अवसर सृजना गरेको उनको भनाइ छ।
सोमबारदेखि सुरु भएको नवौं आइएमई लिटरेचर फेस्टिभल बुधबार सम्पन्न हुँदै छ।
" /> पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको साझेदार भएको बताएका छन्।पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन्। उनले भने, “जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारको रूपमा हेर्दैन, तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न सक्दैन।”

">