काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
उनले कार्यक्रममा बोल्दै केही क्षेत्र बाहेक अधिकांस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताए।
गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पुर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६/५७ प्रतिशत उद्योगहरू पुर्ण रूपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने जानकारी दिए।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने, “मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ। अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ।”
उनका अनुसार प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरूले गाह्रो मानेका छन्। तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुने अधिकारीको भनाइ छ।
यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले भने, “अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे भन्ने कुरा हामी चैत पछि मुल्याङ्कन गछौं।”
असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर अधिकारीले बताए।
चैतसम्ममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उनको भनाइ छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।उनले कार्यक्रममा बोल्दै केही क्षेत्र बाहेक अधिकांस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताए।

">