काठमाडौँ। साताको अन्तिम दिन आज विहीबार सेयर बजारमा २५ अंकले बढेर बन्द भएको छ। आज पनि उकालो लागेसँगै लगातार चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ।
हिजो बुधबार साताको सबैभन्दा धेरै ४९ अंकले बजार बढेको थियो। तर आज भने २५ अंकको वृद्धि आउँदै परिसूचक दुई हजार ८७ मा पुगेर बन्द भएको छ। कारोबार सुरु भएको दुई घन्टामा परिसूचक दुई हजार ११२ अंकमा पुगे पनि फेरी फर्किएको हो।
यस क्रममा आज एक करोड १४ लाख कित्ता सेयर किनबेच भएर पाँच अर्ब ७० करोड रूपैयाँ बराबरको कारोबार भएको छ। हिजो जम्मा चार अर्ब ४६ करोडको कारोबार भएको थियो।
परिसूचक दोहोरो अंकले बढेको दिन निर्जीव बीमा कम्पनी समूहमा भने ९६ अंकको गिरावट आएको छ।
यसबाहेक, अन्य सबै समूहमा हरियाली छाएको छ। आज सबैभन्दा बढी व्यापार समूह १८७ र जीवन बीमा कम्पनी समूह १७२ अंक बढेको छ।
" /> काठमाडौँ। साताको अन्तिम दिन आज विहीबार सेयर बजारमा २५ अंकले बढेर बन्द भएको छ। आज पनि उकालो लागेसँगै लगातार चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ।हिजो बुधबार साताको सबैभन्दा धेरै ४९ अंकले बजार बढेको थियो। तर आज भने २५ अंकको वृद्धि आउँदै परिसूचक दुई हजार ८७ मा पुगेर बन्द भएको छ। कारोबार सुरु भएको दुई घन्टामा परिसूचक दुई हजार ११२ अंकमा पुगे पनि फेरी फर्किएको हो।

">