काठमाडौं। केही वर्ष अगाडि मानिसहरु चार्ज गरेपछि चल्ने ब्याट्री फाल्ने देशव्यापी अभियानमा लागेका थिए। धेरैले त, डिजेलबाट चल्ने जेनेरेटरलाई मलामीसहितको टोलीले घरबाटै बाहिर निकाले।
यसैगरी, कतिपय मानिसले आफ्नो घरलाई जेनेरेटर र चार्जवाला ब्याट्रीमुक्त घोषणा नै गरे। घरमा भएका त्यस्ता सामान फाल्ने अभियान नै चलेपछि ती वस्तुहरूको बिक्री हुने कुरै भएन।
त्यसको ठीक उल्टो यतिबेला उपत्यका र देशवासी कुना/काप्चामा थन्किएका पुराना जेनेरेटर र चार्जवाला ब्याट्री तथा टर्चलाइट खोज्न थालेका छन्। यतिमात्रै नभएर घरमा जेनेरेटर नभएकाले चार्जबाट चल्ने सामग्री किन्नेहरूको संख्या बढ्दै जान थालेको छ।
खासगरी, केही सातायता बिजुली जान थालेपछि सर्वसाधारणले फेरि लोडसेडिङको सम्भावना औल्याउँदै आवश्यक पर्ने वस्तुहरूको खोजीमा लागेका हुन्।
लोडसेडिङको गतिविधि बढ्दै जाँदा सर्वसाधारणमा चिन्ता बढे पनि प्राधिकरणले यसबाट आत्तिनु नपर्ने बताएको छ। विद्युतका पोल बनाउन तथा सार्नका लागि कहिलेकाहीँ बत्ती जानु सामान्य भएको प्राधिकरणले बताएको छ।
वि.सं. २०७३ सालको तिहारदेखि काठमाडौं उपत्यकामा बिजुली जान रोकिएको थियो। यस्तै, २०७५ वैशाखदेखि नेपाल विद्युत् प्राधिकरणले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेको थियो।

तर, उपत्यकामा लोडसेडिङ अन्त्य भएको चार वर्षपछि र देश लोडसेडिङमुक्त बनेको दुई वर्षपछि लोडसेडिङलाई नै झल्को दिने गतिविधि बढ्न थालेको छ।
के भन्छ विद्युत् प्राधिकरण?

प्रवक्ता मदन तिम्सिनाका अनुसार पुरानो वितरण प्रणाली भएकाले र विद्युतका पोल सार्दा बत्ती जाने गरेको हो। यो बाहेक कुनै समय प्रणालीमा समस्या आउँदा पनि बत्ती जाने गरेको छ।
हाल देशभर कूल एक हजार ४०० मेगावाटभन्दा बढी विद्युतको माग छ। कहिले त्योभन्दा बढी त कहिले घटी पनि हुन्छ। यो माग पूरा गर्न प्राधिकरणले दैनिक ४०० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्छ।
नेपालको उत्पादनले नभ्याएको अवस्थामा भारतबाट ल्याएर भए पनि विद्युतको माग पूर्ति गर्ने बताउने प्राधिकरणले फेरि लोडसेडिङमा फर्कन सम्भव नरहेको बतायो।
लोडसेडिङमुक्त भएको घोषणा गरिसकेपछि फेरि त्यही १८ घन्टे लाडेसेडिङमा फर्कन सम्भव नभएको प्रवक्ता तिम्सिनाले बताए।
लोडसिङ हुनुपर्ने कारण नै छैन
नेपाललाई १८ घन्टे लोडसेडिङबाट मुक्त गरेका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हुनुपर्ने कुनै कारण नै नभएको बताउँछन्। “गत वर्ष उपत्यकामा प्रतिदिन ४५० मेगावाट विद्युत् माग थियो। यो वर्ष ३७० मात्रै माग छ,” उनले भने।
अघिल्लो वर्षको तुलनामा ७० मेगावाट माग घट्दा पनि लोडसेडिङ हुनुले विद्युत् प्राधिकरण व्यवस्थापनमा चुकेको देखिने उनको भनाइ छ। उनले भने, “मागअनुसार विद्युत् नपुगेर भारतबाट पनि आइरहेको छ। तर, यही समय बत्ती जान थालेको छ।”
घिसिङका अनुसार गत वर्ष १५ प्रतिशतमा झरेको विद्युत् चुहावट यतिबेला सात प्रतिशतसम्म बढेको छ। भक्तपुरमा आफूले पाँच प्रतिशतमा सीमित पारेको विद्युत् चुहावट अहिले बढ्न थालेको उनले देखापढीलाई बताए।
बत्ती जान थाले पनि फेरि लोडसेडिङमा फर्कन असम्भव रहेको उनको भनाइ छ। “लोडसेडिङ जानुपर्ने कुनै कारण नै छैन। विद्युत् थपिँदै छ। अपुग भारतबाट ल्याइएको छ। यस्तो अवस्थामा लोडसेडिङ फर्कंदैन,” घिसिङले भने।
" /> काठमाडौं। केही वर्ष अगाडि मानिसहरु चार्ज गरेपछि चल्ने ब्याट्री फाल्ने देशव्यापी अभियानमा लागेका थिए। धेरैले त, डिजेलबाट चल्ने जेनेरेटरलाई मलामीसहितको टोलीले घरबाटै बाहिर निकाले।यसैगरी, कतिपय मानिसले आफ्नो घरलाई जेनेरेटर र चार्जवाला ब्याट्रीमुक्त घोषणा नै गरे। घरमा भएका त्यस्ता सामान फाल्ने अभियान नै चलेपछि ती वस्तुहरूको बिक्री हुने कुरै भएन।

">