पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : कृषिमन्त्री अर्याल
काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छिन्। थापागाउँ काठमाडौंमा थनेत प्लानेट फार्मको (शुक्रबार) उदघाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

पुँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्री अर्यालले पुँजीको विकास गर्न सबै मान्छे अनिवार्य रूपमा श्रममा जोडिनुपर्ने बताइन्।

“अब सबै मान्छे श्रममा नजोडिकन पुँजीको विकास गर्न सकिँदैन। पुँजीको विकास गर्दै समाजवादमा जोडिने हो,” मन्त्री अर्यालले भनिन्, “पुँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रूपमा जोडिनुपर्छ।”

श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताइन्।

“विगतमा श्रम गर्ने, खेती किसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन हामीकहाँ थिएन। तर, अब त्यो सोच बदलौं। श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौं। श्रम गर्ने मान्छेलाई उत्साहित बनाउन सिकौं,” मन्त्री अर्यालले भनिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्