काठमाडौँ। भारतको नर्थइस्ट फ्रन्टियर रेलवेज (एनएफआर)ले भारतलाई नेपाल, बंगलादेशसँग रेलमार्गबाट जोड्ने भएको छ। एनएफआरले भारतको उत्तरपूर्वी क्षेत्र मात्र होइन बिहार, पश्चिम बंगाल राज्यको रेल सञ्चालनका साथै यससम्बन्धी आयोजना तयार पार्छ।

रेल अधिकारीका अनुसार एनएफआरले दुईवटा नयाँ अन्तर्राष्ट्रिय परियोजना कार्यान्वयन गर्दै छ। त्यसमा १२.०३ किलोमिटरको ब्रोडगेज लाइन अगरतला (त्रिपुरा)बाट बंगलादेशको अखौरासम्म र १८.६ किलोमिटर लामो लाइन जोगबनीदेखि विराटनगरम्म जोडिनेछ।

अगरतला–अखौरा परियोजनामा ९.६७ बिलियन रूपैयाँ खर्च लाग्ने र आगामी सेप्टेम्बरमा काम सम्पन्न हुने एनएफआरको प्रवक्ता (निर्माणतर्फ) जयन्तकुमार शर्माले बताए। त्यसै गरी, जोगबनी-विराटनगर रेल लाइनका लागि ३.७४ बिलियन रूपैयाँ खर्च हुने र जुलाइसम्म काम सम्पन्न हुने उनले जानकारी दिए।

“पहिलो चरणको अन्तर्राष्ट्रिय रेललाइन परियोजनाको काम घोषित मितिसम्म सम्पन्न हुनेछ। दुवै देशतर्फका रेललाइन निर्माणको काम पूर्ण क्षमतामा गरिनेछन्। यी दुवै परियोजना सम्पन्न भएपछि रेलमार्गले भूपरिवेष्टित उत्तरपूर्वी राज्य र पूर्वी भारतलाई छिमेकी नेपाल र बंगलादेशसँग जोड्नेछ र सम्बद्ध क्षेत्रका मानिसको जीवनमा व्यापक सुधार आउनेछ,” शर्माले भने।

जोगबनी आयोजनाको पहिलो चरणको ८ किमी लामो बथनाहादेखि नेपालको भन्सारसम्मको काम सम्पन्न भइसकेको छ। नेपालको भन्सारबिन्दुदेखि विराटनगरम्मको बाँकी काम जुलाइ २०२१ सम्ममा सम्पन्न हुने प्रवक्ता शर्मा बताउँछन्। नेपाल परियोजनाको रेलबजेट भारतले २०१०–११ मै राखिसकेको थियो।

एजेन्सी

" /> काठमाडौँ। भारतको नर्थइस्ट फ्रन्टियर रेलवेज (एनएफआर)ले भारतलाई नेपाल, बंगलादेशसँग रेलमार्गबाट जोड्ने भएको छ। एनएफआरले भारतको उत्तरपूर्वी क्षेत्र मात्र होइन बिहार, पश्चिम बंगाल राज्यको रेल सञ्चालनका साथै यससम्बन्धी आयोजना तयार पार्छ।

रेल अधिकारीका अनुसार एनएफआरले दुईवटा नयाँ अन्तर्राष्ट्रिय परियोजना कार्यान्वयन गर्दै छ। त्यसमा १२.०३ किलोमिटरको ब्रोडगेज लाइन अगरतला (त्रिपुरा)बाट बंगलादेशको अखौरासम्म र १८.६ किलोमिटर लामो लाइन जोगबनीदेखि विराटनगरम्म जोडिनेछ।

अगरतला–अखौरा परियोजनामा ९.६७ बिलियन रूपैयाँ खर्च लाग्ने र आगामी सेप्टेम्बरमा काम सम्पन्न हुने एनएफआरको प्रवक्ता (निर्माणतर्फ) जयन्तकुमार शर्माले बताए। त्यसै गरी, जोगबनी-विराटनगर रेल लाइनका लागि ३.७४ बिलियन रूपैयाँ खर्च हुने र जुलाइसम्म काम सम्पन्न हुने उनले जानकारी दिए।

“पहिलो चरणको अन्तर्राष्ट्रिय रेललाइन परियोजनाको काम घोषित मितिसम्म सम्पन्न हुनेछ। दुवै देशतर्फका रेललाइन निर्माणको काम पूर्ण क्षमतामा गरिनेछन्। यी दुवै परियोजना सम्पन्न भएपछि रेलमार्गले भूपरिवेष्टित उत्तरपूर्वी राज्य र पूर्वी भारतलाई छिमेकी नेपाल र बंगलादेशसँग जोड्नेछ र सम्बद्ध क्षेत्रका मानिसको जीवनमा व्यापक सुधार आउनेछ,” शर्माले भने।

जोगबनी आयोजनाको पहिलो चरणको ८ किमी लामो बथनाहादेखि नेपालको भन्सारसम्मको काम सम्पन्न भइसकेको छ। नेपालको भन्सारबिन्दुदेखि विराटनगरम्मको बाँकी काम जुलाइ २०२१ सम्ममा सम्पन्न हुने प्रवक्ता शर्मा बताउँछन्। नेपाल परियोजनाको रेलबजेट भारतले २०१०–११ मै राखिसकेको थियो।

एजेन्सी

"> यसै वर्ष नेपाल, बंगलादेश र भारत रेलमार्गमा जोडिने: Dekhapadhi
यसै वर्ष नेपाल, बंगलादेश र भारत रेलमार्गमा जोडिने
काठमाडौँ। भारतको नर्थइस्ट फ्रन्टियर रेलवेज (एनएफआर)ले भारतलाई नेपाल, बंगलादेशसँग रेलमार्गबाट जोड्ने भएको छ। एनएफआरले भारतको उत्तरपूर्वी क्षेत्र मात्र होइन बिहार, पश्चिम बंगाल राज्यको रेल सञ्चालनका साथै यससम्बन्धी आयोजना तयार पार्छ।

रेल अधिकारीका अनुसार एनएफआरले दुईवटा नयाँ अन्तर्राष्ट्रिय परियोजना कार्यान्वयन गर्दै छ। त्यसमा १२.०३ किलोमिटरको ब्रोडगेज लाइन अगरतला (त्रिपुरा)बाट बंगलादेशको अखौरासम्म र १८.६ किलोमिटर लामो लाइन जोगबनीदेखि विराटनगरम्म जोडिनेछ।

अगरतला–अखौरा परियोजनामा ९.६७ बिलियन रूपैयाँ खर्च लाग्ने र आगामी सेप्टेम्बरमा काम सम्पन्न हुने एनएफआरको प्रवक्ता (निर्माणतर्फ) जयन्तकुमार शर्माले बताए। त्यसै गरी, जोगबनी-विराटनगर रेल लाइनका लागि ३.७४ बिलियन रूपैयाँ खर्च हुने र जुलाइसम्म काम सम्पन्न हुने उनले जानकारी दिए।

“पहिलो चरणको अन्तर्राष्ट्रिय रेललाइन परियोजनाको काम घोषित मितिसम्म सम्पन्न हुनेछ। दुवै देशतर्फका रेललाइन निर्माणको काम पूर्ण क्षमतामा गरिनेछन्। यी दुवै परियोजना सम्पन्न भएपछि रेलमार्गले भूपरिवेष्टित उत्तरपूर्वी राज्य र पूर्वी भारतलाई छिमेकी नेपाल र बंगलादेशसँग जोड्नेछ र सम्बद्ध क्षेत्रका मानिसको जीवनमा व्यापक सुधार आउनेछ,” शर्माले भने।

जोगबनी आयोजनाको पहिलो चरणको ८ किमी लामो बथनाहादेखि नेपालको भन्सारसम्मको काम सम्पन्न भइसकेको छ। नेपालको भन्सारबिन्दुदेखि विराटनगरम्मको बाँकी काम जुलाइ २०२१ सम्ममा सम्पन्न हुने प्रवक्ता शर्मा बताउँछन्। नेपाल परियोजनाको रेलबजेट भारतले २०१०–११ मै राखिसकेको थियो।

एजेन्सी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्