काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले तीन वर्षअघि नै अन्त्य भएको लोडसेडिङ फेरि नहुने बताएको छ। प्राधिकरणले आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा विद्युत् आपूर्तिमा अवरोध हुन गएकाले केही समस्या आएको जानकारी दिएको छ।
“पछिल्लो समय विभिन्न सञ्चार माध्यमले लोडसेडिङ सुरु भएको भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्,” प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनाएका छन्, “त्यसमा प्राधिकरणले अघोषित लोडसेडिङ भएको र प्राधिकरणले व्यवस्थापन गर्न नसकेको भनिएको छ।”
तर भनिएजस्तो लोडसेडिङ नभएको तथा प्राधिकरणले व्यवस्थापन गर्न असक्षम नभएको भन्ने दाबी शाक्यले गरेका छन्। प्रणालीमा समस्या आउँदा छोटो समयलाई मात्रै विद्युत् आपूर्तिमा अवरोध हुन आएको प्राधिकरणले स्पष्ट पारेको छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि विद्युतका समस्त उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन नेविप्राका कर्मचारीहरू अहोरात्र खटिई सेवारत रहेको हुँदा कुनै पनि प्रकारको लोडसेडिंग नहुने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शाक्यले बताएका छन्।
यी तीन कारणले बिजुलीमा समस्या
१. विद्युत्का उपभोक्ताहरूको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ। हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत् माग बराबर नै आपूर्ति भइरहेको छ।
यस कारण, आगामी दिनमा फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणले बताएको छ। यस्तै, राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको बताइएको छ।
त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत रहेको भनिएको छ।
२. विभिन्न कारणले विद्युत्का पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मतसम्भार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत् प्रवाह भइरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानका लागि समेत केही समय सम्बन्धित स्थानको विद्युत् आपूर्ति काटेर तत्कालै मर्मतसम्भार गरी विद्युत् आपूर्ति सूचारु गर्ने गरिएको छ।
३. यही पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध विद्युत् प्रणालीमा आएको प्राविधिक समस्याले हो। पुस १३ गते सोमबार एकीकृत राष्ट्रिय विद्युत प्रणालीमा साँझ ६:२५ बजे १४३१ मेगावाटको लोड थियो।
सो समयमा खिम्ती लामोसाँगु १३२ केभि प्रसारण लाइन पूर्ण क्षमतामा संचालित भएको, खिम्ती-लामोसाँगु-भक्तपुर-मातातीर्थ-टौंडा-ढल्केबर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थिए।
सोही समयमा माङ्दी जलविद्युत केन्द्रको जलाशयमा पानीको सतह न्यूनतममा पुगेपछि प्रणालीमा यथावत् सूचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने विद्युत्को मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँगु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप हुन पुगेको थियो।
सो समस्याको निराकरणको लागि दिउँसोको समयमा भारतबाट आयात बढाई, अर्धजलाशय जलविद्युत् केन्द्रहरूको रिजर्भ लेभल बढाएर र साँझको पिक आवरमा त्यहाँबाट सप्लाइ व्यवस्थापन गर्ने र तुलनात्मक कमजोर प्रसारण लाइनहरूमा विशेष ध्यान दिई सञ्चालनमा ल्याउने गरिएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले तीन वर्षअघि नै अन्त्य भएको लोडसेडिङ फेरि नहुने बताएको छ। प्राधिकरणले आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा विद्युत् आपूर्तिमा अवरोध हुन गएकाले केही समस्या आएको जानकारी दिएको छ।“पछिल्लो समय विभिन्न सञ्चार माध्यमले लोडसेडिङ सुरु भएको भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्,” प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनाएका छन्, “त्यसमा प्राधिकरणले अघोषित लोडसेडिङ भएको र प्राधिकरणले व्यवस्थापन गर्न नसकेको भनिएको छ।”

">