काठमाडौं। आगामी ४२ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी नागढुंगा-नौबिसे सुरुङमार्गको काम यही पुस ७ गतेदेखि सुरू भएको छ। देशकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा सुरू भएको यो ‘ड्रिम प्राजेक्ट’को सबै काम ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ।
आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले काम सुरू भएको ४२ महिनाभित्र ‘फिनिसिङ’ गरेर गाडी गुडाउन मिल्ने बनाउने बताए। उनले भने, “दैनिक दुई मिटर खनेर आगामी १४ महिनामा सुरुङ छेडिसकिने छ।”
त्यसपछि, बाँकी २८ महिनामा कंक्रिटिङ गरेर रोड सेफ्टीको साइन राख्ने, भेन्टिलेसन राख्नेलगायत फिनिसिङको काम हुनेछ। जग्गा अधिग्रहणको काम लगभग सकिएकाले त्यसतर्फ आयोजनाले ध्यान मोड्न पर्ने छैन।
“बलम्बु क्षेत्रमा बनाउने भनिएको फ्लाईओभरको लागि आवश्यक पर्ने जग्गा मात्रै अधिग्रहण गर्न बाँकी छ। त्योबाहेक चाहिने सबै जग्गा अधिग्रहण भइसकेको छ,” उनले भने।
सुरुङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा-आन्दो कर्पोरेसनले पाएको छ।
सुरुङ बनिसकेपछि नागढुंगादेखि सिस्नेखोलासम्मको आठ किलोमिटर दूरी सवा तीन किलोमिटरमा झर्नेछ। उक्त सुरुङमार्गमा मालबाहक सामग्री बोकेका ट्रकलगायतलाई प्रवेश दिइने छैन।
कूल २२ अर्ब रूपैयाँ लागतको आयोजनामा निर्माणका लागि जापान सरकारले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ। बाँकी ६ अर्ब नेपाल सरकारले लगानी गर्ने आयोजनाले जानकारी दिएको छ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सुरुङमार्ग चन्द्रागिरि नगरपालिकाको टोटेपाखाबाट धादिङको सिस्नेखोला निस्किने छ।

उद्घाटनको १४ महिनापछि काम सुरू
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनाअघि सुरुङमार्ग उद्घाटन गरेका थिए। तर, उद्घाटन भएको लामो समयपछि मात्रै काम सुरू भएको आयोजनाका निमित्त प्रमुख शाक्यले बताए।
खासगरी, उद्घाटनलगत्तै विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी सुरु हुँदा काम सुरु गर्न केही समय लागेको हो। उनले भने, “काम सुरु नभए पनि प्राविधिक कामहरू भइरहेको थियो।”
कोरोना भाइरस फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो। विमानस्थल बन्द हुँदा आयोजनाको काम अगाडि बढाउनलाई चाहिने मेसिनरी ल्याउन पाइएन।
यतिबेला भने आवश्यक पर्ने ९० प्रतिशत सामग्री आइसकेको छ। जसले गर्दा काम निरन्तर सुरू हुने र सामान अभावका कारण निर्माण प्रक्रिया रोक्नु नपर्ने बताइएको छ।
यद्यपि, सुरुङ खन्दा खानेपानीको मुहान सुक्ने सम्भावना रहेकाले १४ महिनामा त्यसको वैकल्पिक व्यवस्थातर्फ लागियो। यस्तै, सुरुङमार्गको डिजाइनलाई अन्तिम रूप दिइनुका साथै अन्य धेरै काम भएको छ।
दुई वटा सुरुङ, ३५० जना फिल्डमा
करिब २.७ किलोमिटर लामो आयोजनाअन्तर्गत मुख्य र सहायक गरेर दुई वटा टनेल हुनेछन्। मुख्य सुरुङमार्गमा सवारीसाधन आवतजावत गर्नेछन्।
यस्तै, मुख्य सुरुङमा सवारी दुर्घटनालगायत अन्य प्रकारका समस्या आउँदा उद्धारका लागि सहायक सुरुङमार्ग बनाइने छ। मुख्य र सहायक टनेलको आपसी दूरी ८० मिटरको हुनेछ।
यसैगरी, हरेक ३६५ मिटरमा दुई वटा टनेलको आपसमा भेट हुनेछ। आयोजनाका अनुसार मुख्य टनेल महिनामा ६० मिटर र सहायक टनेल ८० मिटर खनिनेछ।
दुई वटा सुरुङ खन्नका लागि यतिबेला फिल्डमा २९० जना कामदार खटिएका छन्। यसैगरी, १८ जना प्राविधिक र २६ जना विदेशी प्राविधिक आयोजनामा खटिएका छन्।
कामदार र प्राविधिक गरेर अहिले करिब ३५० जनाको हाराहारी आयोजनामा खटिएको आयोजनाले बताएको छ।
" /> काठमाडौं। आगामी ४२ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी नागढुंगा-नौबिसे सुरुङमार्गको काम यही पुस ७ गतेदेखि सुरू भएको छ। देशकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा सुरू भएको यो ‘ड्रिम प्राजेक्ट’को सबै काम ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ।आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यले काम सुरू भएको ४२ महिनाभित्र ‘फिनिसिङ’ गरेर गाडी गुडाउन मिल्ने बनाउने बताए। उनले भने, “दैनिक दुई मिटर खनेर आगामी १४ महिनामा सुरुङ छेडिसकिने छ।”

">