काठमाडौं उपत्यकामा गत वर्षकोभन्दा माग बढेको पनि छैन। गत वर्ष ४५० मेगावट हाराहारीमा माग थियो। यो वर्ष ३७० मेगावट जति माग छ। अघिल्लो वर्षको तुलनामा लोड घटेको छ। यो समयमा पानी पनि परेको छैन।
पानी परेको भए पनि वितरण प्रणालीमा समस्या आउँछ भन्न सकिन्थ्यो। पानी पनि परेको छैन, लोड पनि कम छ। तर, बिजुली गइरहेको छ। यसमा विद्युत् प्राधिरणको ‘चेन अफ कमाण्ड’ ब्रेक भएको जस्तो लाग्छ।
प्राधिकरणले प्रभावकारी ढंगले विद्युत् व्यवस्थापनको काम गर्नुपर्यो। यद्यपि, पछिल्लो केही दिन विद्युत् व्यवस्थापनमा देखिएको समस्याले हामी पुनः लोडसेडिङमा जान्छौं भन्न मिल्दैन।
प्राधिकरणले लोडसेडिङमा जाने इन्टेन्सन देखाएर बिजुलीमा समस्या गराइरहेको छ भन्न मिल्दैन। तर, व्यवस्थापन बिग्रिँदै जाँदा चुहावट बढ्दै जान्छ। जसले फेरि बिजुली वितरणको प्रणालीमा समस्या ल्याउन सक्छ।
मेरो नेतृत्वमा देशभरमा हुने विद्युत् चुहावटलाई १० प्रतिशत घटाएर १५ प्रतिशतमा ल्याइएको थियो। १० प्रतिशत भनेको १५० मेगावाट हुन आउँछ।
तर, अहिले चार महिनामै ५/७ प्रतिशत चुहावट बढिसकेको छ। चुहावट बढेपछि ठाउँ-ठाउँमा विद्युत् चोरी हुन्छ। सित्तैमा बिजुली पाउन थालेपछि एकै ठाँउबाट धेरैले बिजुली लिन थाल्छन्।
चुहावट नियन्त्रण गर्न सकेको अवस्थामा व्यवस्थापनमा धेरै समस्या आफैं समाधान हुन्छन्। प्राधिकरणले कर्मचारीलाई जथाभावी कर्मचारीको सरूवा गर्दा ‘चेन अफ कमाण्ड’ टुटेको छ। यही कारणले, विद्युत् प्राधिकरण प्राविधिक र व्यवस्थापकीय हिसाबले कमजोर भइरहेको छ।
म आउँदा भक्तपुरमा ४० प्रतिशत चुहावट थियो। म निस्किँदा त्यो ७ प्रतिशतमा झरेको थियो। फेरि बढ्यो भने त्यो क्षेत्रमा समस्या आउन सक्छ।
जस कारणले कुनै एक स्थानमा ‘ओभर लोड’ हुन्छ र वितरण प्रणालीमा समस्या आउँछ। त्यसपछि लाइन काट्नुका साथै अन्य धेरै कामहरू गर्नुपर्छ।

गत वर्षकोभन्दा चुहावट धेरै बढ्दा सिस्टममा आइसकेको ब्यालेन्सलाई ‘अनब्यालेन्स’ गर्छ। यस्तै, विद्युतीय पूर्वाधारहरूलाई कहाँ र कसरी राख्ने भन्ने लगायतका विभिन्न पक्ष छन्।
पछिल्लो समय केही समस्या देखिए पनि फेरि लोडसेडिङमा फर्कनुपर्ने आवश्यकता छैन। हाम्रो उत्पादन पनि बढ्दै छ। त्यसैले लोडसेडिङ आवश्यक छैन।
व्यवस्थापन भद्रगोल बन्यो भने स्थानीयस्तरमा लोडसेडिङ सुरू हुन पनि सक्छ। लोडसेडिङ बत्ती दिएर मात्रै हट्ने हैन। यसका लागि सबै प्रक्रिया मिल्नुपर्छ।
सप्लाई नै भए पनि सर्वसाधारणको घरसम्म आउने ट्रान्समिसन, ट्रान्सफर्मरलगायत अन्य सिस्टमलाई सही अवस्थामा राख्न नसके समस्या आउँछ।
(प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक घिसिङसँग देखापढीले गरेको कुराकानीमा आधारित)
" /> काठमाडौं उपत्यकामा गत वर्षकोभन्दा माग बढेको पनि छैन। गत वर्ष ४५० मेगावट हाराहारीमा माग थियो। यो वर्ष ३७० मेगावट जति माग छ। अघिल्लो वर्षको तुलनामा लोड घटेको छ। यो समयमा पानी पनि परेको छैन।पानी परेको भए पनि वितरण प्रणालीमा समस्या आउँछ भन्न सकिन्थ्यो। पानी पनि परेको छैन, लोड पनि कम छ। तर, बिजुली गइरहेको छ। यसमा विद्युत् प्राधिरणको ‘चेन अफ कमाण्ड’ ब्रेक भएको जस्तो लाग्छ।

">