काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन्।
मन्त्रालयअन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपालको कृषि बजारलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएकी हुन्।
किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी बजारको व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ।
“बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरूलाई खुसी बनाउन सकिँदैन। कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौँ’ भने पनि किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिती राम्रो होइन।”
दुध उत्पादन गरेर सडकमा पोख्नुपर्ने स्थिती धेरै गम्भिीर भएकाले यसरी उत्पादनपछि बिक्री नहुने क्रम हटाउनुपर्ने उनले बताइन्। बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने बताइन्।
“आजको आवश्यकताहरू पुर्ती गर्नेगरी जानुपर्यो। आजका समस्या के हुन्? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाउ,” उनले भनिन्।
आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले गरेको कामको निरन्तरता मात्र आजको आवश्यकता नभएको बताइन्।
" /> काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन्।मन्त्रालयअन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपालको कृषि बजारलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएकी हुन्।

">