काठमाडौँ। उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।
समितिमा पूर्वसचिवहरू कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारी समेत थिए। माछापुच्छ्रे बैंकका सञ्चालक रहेका न्यौपानेसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ।
न्यौपानेसँग चौधरी समूहमा महाप्रबन्धकको रूपमा दुई दशक लामो समय काम गरेको अनुभव छ। नेपाल चार्टड एकाउन्टेन्ट संघका सदस्य समेत रहेका न्यौपाने नेपाल बार एसोसिएसनका सदस्यसमेत हुन्।
उनी नेपाल अटो मोबाइल्स संघ नाडाका महासचिव समेत भईसकेका छन्। त्यस्तै न्यौपाने नागरिक ट्रस्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थाहरूमा आबद्ध छन्।
उनी शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यवसायिक रूपमा आबद्ध छन्। न्यौपाने अर्थ बिज्ञ, लेखापरीक्षक तथा कानुन ब्यबशायी समेत रहेका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पुर्वान्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
उदयपुर सिमेन्टमा न्यौपानेको कार्यकाल ४ वर्षको रहनेछ। सुरेन्द्रकुमार पौडेल २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उदयपुर सिमेन्टमा उक्त पद खाली थियो।
" /> काठमाडौँ। उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।

">