काठमाडौं। नेपालले गर्ने आयात–निर्यातमा खरायो र कुछुवाको गतिमा जस्तै फरक देखिएको छ।
भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउँदा निर्यात कछुवाको गतिमा वृद्धि हुँदा आयात खरायोको तालमा दौडिँदै गरेको देखिन्छ। मुलुकको आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्मको आयात/निर्यात तथ्याङ्कमा उक्त परिदृश्य देखिएको हो।
गत आर्थिक वर्ष २०७६/७७ मा बाहेक अन्य वर्षमा नेपाल भित्रिने वस्तु तथा सेवाको रकमले एकै वर्षमा खर्बौंको फड्को मारेको छ। गत आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा आयात घटेको देखिन्छ। यो, बाहेक सबै वर्षमा आयात बढेको छ।
नेपालको निर्यातमा वृद्धि केही अर्बमा हुँदा आयातमा खर्बले बढेको विभागको तथ्याङ्कमा उल्लेख छ।
खरायो गतिमा आयात
आर्थिक वर्ष २०७२/७३ मा नेपालले विदेशबाट ७ खर्ब ८१ अर्ब रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो।
त्यसको अर्को वर्ष अर्थात २०७३/७४ मा नौ खर्ब ८५ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। यो एक वर्षको अन्तरालमै नेपालको आयात दुई खर्ब चार अर्ब रूपैयाँले बढ्न पुगेको थियो।
यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १२ खर्ब ४५ अर्ब रूपैयाँको सामान भित्रिएको थियो। जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ६० करोड रूपैयाँले बढी हो।
आयातमा गत वर्षबाहेक हरेक वर्ष दुई अर्ब रूपैयाँभन्दा बढीको वृद्धि भए पनि निर्यातमा हरेक वर्ष मुस्किलले १० अर्बको पनि वृद्धि भएको देखिँदैन। आर्थिक वर्ष २०७२/७३ मा नेपालले ७१ अर्ब रूपैयाँ बराबरको निर्यात गरेको थियो।
यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्बको वस्तु तथा सेवा आयात भएको थियो। जुन, अघिल्लो वर्षकोभन्दा एक खर्ब ७३ अर्ब रूपैयाँले बढी हो।
यसरी लगातार तीन वर्षको आयातमा निरन्तर वृद्धि आएपछि आर्थिक वर्ष २०७६/७७ मा भने आयात घटेको छ। उक्त आर्थिक वर्षमा अघिल्लो वर्ष (आव २०७५/७६)को तुलनामा दुई खर्ब २२ अर्ब रूपैयाँले आयात घटेको तथ्याङ्क छ।
गत वर्षको चैतदेखि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्दा आयात घटेको देखिन्छ। लकडाउनमा सबैजसो वस्तु तथा सेवाको खपतमा भारी गिरावट आएपछि आयात नै प्रभावित बनेको विभागका अधिकारीहरू बताउँछन्।
कछुवा गतिमा निर्यात

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७३ अर्ब, २०७४/७५ मा ८१ अर्ब, २०७५/७६ मा ९७ अर्ब र २०७६/७७ मा ९७ अर्ब रूपैयाँ बराबरको निर्यात गरेको तथ्याङ्क छ।
यसरी, पाँच वर्षको अवधिमा भएको नेपालको वृद्धि हेर्दा हेरक वर्ष १० अर्बको वृद्धि पनि नदेखिएको हो। समीक्षा अवधिको पहिलो वर्ष (आव २०७३/७४) दुई अर्ब रूपैयाँको वृद्धि भएको छ भने दोस्रो वर्ष नौ अर्बको वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ।
यस्तै, चौथो वर्ष भने १६ अर्बले नेपालको निकासी बढेको छ। पाँचौ वर्ष (२०७६/७७) मा भने निर्यात वृद्धि स्थिर देखिएको छ।
" /> काठमाडौं। नेपालले गर्ने आयात–निर्यातमा खरायो र कुछुवाको गतिमा जस्तै फरक देखिएको छ।भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउँदा निर्यात कछुवाको गतिमा वृद्धि हुँदा आयात खरायोको तालमा दौडिँदै गरेको देखिन्छ। मुलुकको आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्मको आयात/निर्यात तथ्याङ्कमा उक्त परिदृश्य देखिएको हो।

">