काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण प्रभावित बनेका उद्योगी/व्यवसायीहरू धमाधम कालोसूचीमा पर्न थालेका छन्।
औद्योगिक व्यवसाय विस्तारका लागि व्यवसायीहरूले लिएको ऋणको किस्ता (सावा/ब्याज) समयमा बुझाउन नसकेको भन्दै बैंकहरूले धमाधम कालोसूचीमा राख्न थालेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार पछिल्लो नौ महिनाको अवधिमा २८ सय जना व्यवसायी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परिसकेका छन्।
महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले कोरोना महामारीका कारण सबैजसो उद्योग व्यवसाय चल्न नसकेर थलिएको समयमा बैंकले व्यवासयाीलाई तर्साउन थालेको बताए। उनले भने, “बैंकहरूको ज्यादतीका बारेमा अर्थमन्त्रीलाई जानकारी दिइसकेका छौं। अब गभर्नरलाई पनि जानकारी दिन्छौं।”
कर्जा सूचना केन्द्रको स्रोतलाई उद्धृत गर्दै महासंघले वैशाखदेखि पुससम्मको अवधिमा उक्त संख्याका व्यवसायी कालो सूचीमा परेको जानकारी दिएको हो।
महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले कोरोना महामारीका कारण सबैजसो उद्योग व्यवसाय चल्न नसकेर थलिएको समयमा बैंकले व्यवासयाीलाई तर्साउन थालेको बताए।
उनले भने, “बैंकहरूको ज्यादतीका बारेमा अर्थमन्त्रीलाई जानकारी दिइसकेका छौं। अब गभर्नरलाई पनि जानकारी दिन्छौं।”
खासगरी, महामारीका कारण, पर्यटन, होटल, एअरलाइन्स, निर्यात, उत्पादनलगायत सबै प्रकारका व्यवसायमा धेरथोर प्रभाव परेको छ। तर, यही समयमा बैंकहरूले कालोसूचीमा राख्ने धम्की दिँदै व्यवसायीलाई चिठ्ठी दिन थालेको श्रेष्ठले जानकारी दिए।
देशमा कानुनी व्यवस्था हुँदाहुँदै पनि बैंकहरूले कालोसूचीमा राख्ने लगायतका धम्की दिइरहेको भन्दै व्यवसायीहरूले निरन्तर असन्तुष्टि प्रकट गर्दै आएका छन्।
उनीहरूले कोभिड-१९ का कारण गरिएको लकडाउन र निषेधाज्ञामा आम्दानी नभएकाले व्यवसाय विस्तारमा लिएको ऋणको किस्ता तिर्ने समय अपर्याप्त भएको बताउँदै आएका छन्।
यदि, किस्ता तिर्ने समय थप नगरिए देशभरका ५० प्रतिशत साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा पुग्ने महासंघले बताएको छ। त्यसैले तत्काल किस्ता तिर्ने समय तीन महिना थप्न महासंघको माग छ।
ऋणको सावा तथा ब्याज तिर्ने सयम यही पुस मसान्तसम्म छ। तर, यस अवधिमा किस्ता तिर्न सक्ने क्षमता नभएकाले यसलाई थप गरेर तीन महिना समय बढाउनुपर्ने उद्योगी/व्यवसायीले माग गर्दै आएका छन्।

उपाध्यक्ष श्रेष्ठले धेरै बैंकहरूले व्यवसायीलाई कालोसूचीमा राख्न निकालिएको सूचनासहितको चिठ्ठी पठाएर किस्ता तिर्न धम्क्याउन थालेको दाबी गरे। “कालोसूचीमा राख्नका लागि तयार पारिएको तीनपुस्ते जानकारीसहितको चिठ्ठी आउन थालेको जानकारी आएको छ,” उनले भने।
यसरी उद्योगी/व्यवसायीलाई धम्क्याउँदै जाँदा औद्योगिक वातावरण धुमिलिने उनको भनाइ छ। “व्यवसायीलाई धम्क्याउने बैंकहरूको पहिलो नम्बरमा एनआईसी एसिया बैंक छ। यस बैंकका विरुद्ध धेरै उजुरी हामीकहाँ आएको छ,” उपाध्यक्ष श्रेष्ठले भने।
" /> काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण प्रभावित बनेका उद्योगी/व्यवसायीहरू धमाधम कालोसूचीमा पर्न थालेका छन्।औद्योगिक व्यवसाय विस्तारका लागि व्यवसायीहरूले लिएको ऋणको किस्ता (सावा/ब्याज) समयमा बुझाउन नसकेको भन्दै बैंकहरूले धमाधम कालोसूचीमा राख्न थालेका हुन्।

">