काठमाडौं। युवाहरूको सोचलाई उद्यमसम्म बदल्ने लक्ष्यसहित सञ्चालनमा आएको ‘आइडिया स्टुडिओ’को पाँचौ सिजन सुरू भएको छ।
कम्पनीले उक्त टेलिभिजन कार्यक्रमको पाँचौं सिजन सुरू भएको जानकारी दिएको हो। उक्त कार्यक्रममा आफूसँग भएका विभिन्न प्रकारका व्यावसायिक ‘आइडिया’ प्रस्तुत गर्नुपर्ने छ।
यस सिजनमा युवाहरूले झण्डै ३५ वटा नयाँ व्यावसायिक योजना प्रस्तुत गर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीमा आएका योजनाहरूमध्येबाट छानिएका उतृकृष्ट चार व्यावसायिक योजनाले टेलिभजन कार्यक्रममा स्थान पाउनुका साथै पाँच लाख रूपैयाँसम्मको लगानी पाउनेछन्।
मेड इन नेपाल, सोसियल इम्प्याक्ट, हाइ फ्लाइङ र ग्रीन इनोभेसनसँग सम्बन्धित व्यवसायले लगानी पाउने बताइएको छ। यस्तै, उनीहरूले व्यवसाय सञ्चालन गर्ने आइडियासमेत उक्त कार्यक्रमबाट पाउने छन्।
यसअघि सम्पन्न भएको सिजन ४ मा आइडिया स्टुडिओसमक्ष दुई हजार वटा नयाँ व्यावसायिक योजना आएका थिए। त्यसमध्ये १३० वटा व्यवसायका योजना अगाडि बढ्दा हाल ४० वटा व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको कम्पनीको भनाइ छ।
स्टुडिओका अध्यक्ष डा. छिरिङ लामाले व्यवसायी जन्माउने लक्ष्यसहित टेलिभजन कार्यक्रमको आयोजना गरिँदै आएको बताए। उनले भने, “योजना भएका तर लगानीको पुँजी नभएकाहरूलाई हामी व्यवसाय सञ्चालन गर्ने योजना र वातावरण मिलाइदिन्छौं।”
व्यावसायिक योजना भएकाहरूलाई एपी वान टेलिभजनबाट प्रसारण हुने सिजन ५ को कार्यक्रमले नयाँ योजनाको बारेमा जानकारी दिने उनले बताए।
आइडिया स्टुडिओको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पुर्याउनका लागि फेब्रुअरी ७ सम्ममा आफ्नो आइडिया पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ।
" /> काठमाडौं। युवाहरूको सोचलाई उद्यमसम्म बदल्ने लक्ष्यसहित सञ्चालनमा आएको ‘आइडिया स्टुडिओ’को पाँचौ सिजन सुरू भएको छ।कम्पनीले उक्त टेलिभिजन कार्यक्रमको पाँचौं सिजन सुरू भएको जानकारी दिएको हो। उक्त कार्यक्रममा आफूसँग भएका विभिन्न प्रकारका व्यावसायिक ‘आइडिया’ प्रस्तुत गर्नुपर्ने छ।

">