काठमाडौं। दक्षिण छिमेकी मुलुक भारतका पाँच राज्यहरूमा पछिल्लो केही दिनयता भटाभट पन्छी मरिरहेका छन्। हिमाञ्चल, राजस्थान, केरला, हरियाना र मध्यप्रदेशमा भटाभट पन्छी मरिरहेका छन्।
पाँच राज्यमा पछिल्लो केही दिनको अन्तरालमा लाखौं पन्छी मरिसकेका छन्। ब्रोइलर र लोकल कुखुरामात्र नभई चिसो मौसममा आउने डुलुवा पन्छीसमेत भटाभट मरिरहेको बताइएको छ।
हालसम्म हरियाना राज्यमा एक लाखभन्दा धेरै कुखुरा मरिसकेका छन्। यस्तै, हिमाञ्चल प्रदेशमा १८ सय डुलुवा पन्छी मरिसकेका छन्। यसैगरी, राजस्थानमा २५ सय काग मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी केही दिनको अन्तरालमै भारतमा ठूलो संकटका रूपमा बर्डफ्लू रोग फैलिएसँगै नेपाली निकाय नेपालमा पनि यो रोग फैलिए त्यसको नियन्त्रण र व्यवस्थापनका लागि जुटिसकेको छ।
सतर्क रहन सबै निकायलाई निर्देशन
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतकाे पशु सेवा विभागले आफू मातहतका सबै निकायलाई सतर्क रहन निर्देशन दिँदै पत्राचार गरिसकेको छ।
“यदि, नेपालमा बर्डफ्लू फैलिएको अवस्थामा त्यसको निदान, नियन्त्रण र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सबैलाई निर्देशन दिइसकेका छौ। सकेसम्म नेपाल छिर्नै दिँदैनौँ। नेपाल आइहाले पनि त्यसलाई नियन्त्रण गर्न हामी तयारी अवस्थामा छौं।”
विभागका प्रवक्ता डा. चन्द्र ढकालले बुधबार नै सीमा क्षेत्रमा रहेका २४ वटा क्वारेन्टाइन कार्यालयलाई सतर्क रहन निर्देशन दिइसकेको बताए। उनले भने, “सीमा क्षेत्रमा रहेका क्वारेन्टाइन केन्द्रलाई सतर्क रहन भनिसकेका छौं।”
यसैगरी, संघीय राजधानी काठमाडौंमा रहेको प्रयोगशाला र पाँच प्रदेशस्तरीय प्रयोगशालालाई पनि विभागले तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ।
“यदि, नेपालमा बर्डफ्लू फैलिएको अवस्थामा त्यसको निदान, नियन्त्रण र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सबैलाई निर्देशन दिइसकेका छौ,” ढकालले भने, “सकेसम्म नेपाल छिर्नै दिँदैनौँ। नेपाल आइहाले पनि त्यसलाई नियन्त्रण गर्न हामी तयारी अवस्थामा छौं।”
क्षतिपूर्तिका लागि बजेट माग
नेपालमा बर्डफ्लू भित्रिएर अनियन्त्रित भई पन्छी मर्न थालेको अवस्थामा किसानलाई दिनुपर्ने क्षतिपूर्तिको बारेमा अर्थ मन्त्रालयलाई विभागले जानकारी दिइसकेको बताइएको छ।
विभागले अर्थलाई क्षतिपूर्ति दिनुपरेको खण्डमा चाहिने रकमका बारेमा तयार रहन जानकारी दिइसकेको प्रवक्ता ढकालले बताए। “हामीले आफ्नो मातहतका निकायलाई मात्र नभई अर्थमन्त्रालयलाई पनि तयार रहन जानकारी दिइसकेका छौं,” उनले भने।
यद्यपि, यस विषयमा विभाग र अर्थ मन्त्रालयबीच आगामी दिनमा थप छलफल हुने बताइएको छ।
बर्डफ्लू पुष्टि नभई आयात रोक्न नमिल्ने
भारतका विभिन्न राज्यहरूमा बर्डफ्लू फैलिरहरको भनिए पनि विश्व स्वास्थ्य संगठनले अहिलेसम्म बर्डफ्लू पुष्टि गरिसकेको छैन। संगठनले बर्डफ्लू भनेर आफ्नो वेबसाइटमा राखेपछि मात्रै भारतमा बर्डफ्लू फैलिएको पुष्टि हुने विभागले बताएको छ।
पुष्टि नभएसम्म भारतबाट पन्छी, पन्छीजन्य वस्तु र पन्छी उत्पादनका सामग्री आयात रोक्न मिल्दैन। पुष्टि भएपछि ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ को दफा ११ (अ) ले रोग फैलिएको देशबाट आयात रोक्ने अधिकार दिएको छ।
तर, यो बर्डफ्लू पुष्टि भएपछि मात्रै प्रयोग गर्न पाइन्छ। भारतमा बर्डफ्लू फैलिएको पुष्टि हुन आएपछि क्वारेन्टाइन कार्यालयहरूले स्वतः यो कानुनअनुसार आयात रोक्न सक्छन्।