काठमाडौँ। कुल निर्माणको ९९.७ प्रतिशतभन्दा बढी काम सकिए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुने मिति टुंगो लाग्न सकेको छैन।
खासगरी, आयोजनालाई आवश्यक पर्ने जम्मा दुई वटा सामान सम्झौताअनुसार भारतीय ठेकेदार कम्पनीले समयमै उपलब्ध नगराउँदा निर्माण सकिने मिती टुंगो लाग्न नसकेको हो।
अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजनालाई भारतको ठेकेदार कम्पनी कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले सम्झौताअनुसार आवश्यक सामाग्री दिन आनाकानी गर्दै आएको छ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भारतीय ठेकेदार कम्पनीले पेन स्टक पाइपमा जडान गरिने डीसी माउनटेवल बक्स र एक्पान्सन जोइन नआउँदा आयोजनाको निर्माण सम्पन्न हुने मितीमा अन्योल छाएको बताए।
उनले भने, “कोभिडको बाहानामा भारतको कम्पनीले सामान उपलब्ध गराउन ढिलासुस्ती गरिरहेको छ। यस कारण, देशकै ठूलो जलविद्युत आयोजनामा अन्योल छाएको छ।”
खासगरी, भारतको ठेकेदार कम्पनीलाई आयोजनाले पटक–पटक ताकेता गर्दा पनि कोरोना महामारीका कारण उद्योगमा कर्मचारी नआएको बहानामा सामान उपलब्ध गराएको छैन।
कोरोना महामारी अघि पनि उक्त कम्पनीले काम नगरेकै कारण पटक–पटक आयोजना सक्ने लक्ष्य सर्दै आएको थियो। भारतीय ठेकेदार कम्पनीको विकल्प खोज्ने विषयमा उच्चस्तरमै धेरै पटक छलफल समेत भएको थियो।
यद्यपि पछिल्लो पटक ठेकेदार कम्पनीले तीन साता भित्र सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। प्रतिबद्धताअनुसार यही जनवरी अन्तिमसम्मा सामान आएमा यही वर्षको चैतसम्मा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।
प्रत्येक आयोजनाअनुसार फरक फरक डिजाइनको सामान अर्डरपछि मात्रै बनाइने भएकाले ती दुई वटा सामान बजारमा किन्न समेत पाइँदैन। अर्डरपछि मात्रै बन्ने सामान भएकाले कम्पनीले ढिलाइ गरिरहेको आयोजनाले बताएको छ।
यसअघिको डिजाइन अनुसार सामान तयार गर्न नसकेपछि परामर्शदाता कम्पनीले ती सामानको डिजाइन परिवर्तन गरेर कम्पनीलाई पठाएका छन्। पठाएको पछिल्लो डिजाइन अनुसार समयमै सामान आउने सम्भावना रहेपनि अयोजना विश्वस्त भने छैन।
भारतीय कम्पनीले ल्याउने सामान आयोजनाका प्राविधिकले समयमै जोडन सकेको अवस्थामा यही वर्षको अन्त्यमा पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन हुने भएको हो।
यसअनुसार आगामी असार मसान्तसम्ममा सबै काम सकेर ४५६ मेगावाट विद्युत नै उत्पादन हुने सम्भावना छ। तर, तीन सातामा सामान नआएको अवस्थामा थप अन्यौलता कायम हुने छ।
आयोजनाको निर्माण कार्य जति ढिला भयो त्यति नै घाटा हुँदै जान्छ। निर्माण कार्य सुरु भएको १० वर्षभन्दा बढी भइसकेको आयोजनाको कुल लागत हाल ८२ अर्ब भन्दाबढी पुगिसकेको छ।
खासगरी, लागत ५२ अर्ब र २७ अर्ब रूपैयाँ ऋणको ब्याज गरेर कुल लागत ८२ अर्ब पुगेको हो। यसैगरी, आयोजनाको निर्माण कार्य थप लम्बिँदै जाँदा लागत र ब्याज दुवै बढ्दै जान्छ।
" /> काठमाडौँ। कुल निर्माणको ९९.७ प्रतिशतभन्दा बढी काम सकिए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुने मिति टुंगो लाग्न सकेको छैन।खासगरी, आयोजनालाई आवश्यक पर्ने जम्मा दुई वटा सामान सम्झौताअनुसार भारतीय ठेकेदार कम्पनीले समयमै उपलब्ध नगराउँदा निर्माण सकिने मिती टुंगो लाग्न नसकेको हो।

">