काठमाडौँ। अबदेखि दुई दिनमै सेयर कारोबारको राफसाफ हुने भएको छ। नेपाल धितोपत्र बोर्डले दुई दिनमै सेयर कारोबारको चक्र पूरा हुने व्यवस्था गरेको हो।
बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ संशोधन स्वीकृत गरेसँगै दुई दिनमा कारोबारको सम्पूर्ण चक्र पूरा हुने भएको बताइएको छ।
हालसम्म सेयर बजारमा हुने कारोबारको राफसाफ हुन तीन दिन लाग्दै आएको छ। यसलाई बोर्डले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार दुई दिनमै हुने व्यवस्था गरिएको हो।
यसका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो विनियममा भएको हालको ‘टी प्लस तीन’ (तीन दिन लाग्ने) व्यवस्थालाई हटाएर ‘टी प्लस टू’ व्यवस्था गर्न संशोधन गरेर बोर्डमा पेश गरेको थियो।
सिडिएसको प्रस्ताव स्वीकृत भएसँगै नयाँ व्यवस्था लागू भएको हो। नयाँ व्यवस्था सिडिएस एण्ड क्लियरिङले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको छ।
धितोपत्र कारोवारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिई दुई दिनमै राफसाफ हुने व्यवस्था कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने बोर्डले बताएको छ।
" /> काठमाडौँ। अबदेखि दुई दिनमै सेयर कारोबारको राफसाफ हुने भएको छ। नेपाल धितोपत्र बोर्डले दुई दिनमै सेयर कारोबारको चक्र पूरा हुने व्यवस्था गरेको हो।बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ संशोधन स्वीकृत गरेसँगै दुई दिनमा कारोबारको सम्पूर्ण चक्र पूरा हुने भएको बताइएको छ।

">