काठमाडौं। नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ।
परिसंघका अध्यक्ष शतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्दै आयकर विवरण बुझाउने म्याद थप्न माग गरेका हुन्।
विगत वर्षहरूमा उद्योगी व्यवसायीहरूले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सीमाभित्र नै गरिरहेको उल्लेख गरे।
आर्थिक वर्ष २०७६/७७ देखि नै कोभिडको कारणबाट उद्योग व्यवसायहरू प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको अध्यक्ष मोरको भनाइ थियो।
कोभिडको कारण लकडाउ र निषेधाज्ञा गरिँदा धेरैजसो उद्योग व्यवसाय खुल्ने अवस्थामा छैनन्। यद्यपि, अहिले विस्तार उद्योग व्यवसायले विस्तारै गति लिइरहेका छन्।
तर पनि लेखापरीक्षणको काम सम्पन्न गरिनसकेको अवस्थालाई मध्यनजर गर्दै आगामी चैत मसान्तसम्म म्याद थप्न परिसंघले माग गरेको हो।
" /> काठमाडौं। नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ।परिसंघका अध्यक्ष शतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्दै आयकर विवरण बुझाउने म्याद थप्न माग गरेका हुन्।

">