काठमाडौं। महामारीको समयमा विश्वभरको सेयर बजार जस्तै नेपालको सेयर बजारले पनि हरेक साता नयाँ उचाई कायम गर्दै आइरहेको छ।
त्यसैक्रममा आज साताको पहिलो दिन आइतबार नेपालको सेयर बजारको परिसूचकमा कीर्तिमानी वृद्धि भएको छ।
आज कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको परिसूचक बन्द हुने समयसम्ममा ४१ अंकले बढेर २२३५ अंकमा पुगेको थियो। यसक्रममा एक करोड ५० लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्दै २१९४ अंकमा पुगेर रोकिएको थियो। त्यसदिन ५ अर्ब ८४ करोडको कारोबार भएको थियो।
नेप्से परिसूचकले नयाँ उचाई लिएको दिन जीवन बीमा कम्पनी समूहमा भने गिरावट आएको छ। यो समूह १५ अंकले घट्नुबाहेक अन्य सबै समूह बढेका छन्।
जसमध्ये आज सबैभन्दा बढी विकास बैंक समूह ८८, व्यापार ७८ र बैंक समूह ५९ अंकले बढेको छ। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बजार बढे पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ५९ रुपैयाँले घटेको छ।