काठमाडौँ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर बजार सामान्य सुधारिएको छ। कारोबारको सुरुवाती समयमा २५ अंकसम्म सुधारिएको सेयर बजार अन्तिममा खुम्चिँदै सामान्य सुधारपछि बन्द भएको हो।
आज सोमबार नेप्से ३ अंकले बढेर परिसूचक दुई हजार २३९ अंकमा पुगेर रोकिएको छ। यो, अहिलेसम्मकै कीर्तिमानी परिसूचक हो।
सोमबार एक करोड ३५ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब ५२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा कारोबार भएका १२ मध्ये ५ समूह बाहेक सबै समूह बढेका छन्।
आज व्यापार, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूहमा गिरावट आएको छ। यी बाहेक अन्य सबै समूह बढ्ने क्रममा निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १७६ अंकले बढेको छ।
यस्तै, जीवन बीमा कम्पनी समूहको सूचक १६१ अंकले बढेको छ। बजार बढेको दिन आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ८१ रूपैयाँले बढेको छ।
यसै गरी, आज मल्टी प्रपोस फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रूपैयाँले घटेको छ। जुन प्रतिशतका आधारमा सबैभन्दा बढी गुमाउने कम्पनी हो।
" /> काठमाडौँ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर बजार सामान्य सुधारिएको छ। कारोबारको सुरुवाती समयमा २५ अंकसम्म सुधारिएको सेयर बजार अन्तिममा खुम्चिँदै सामान्य सुधारपछि बन्द भएको हो।आज सोमबार नेप्से ३ अंकले बढेर परिसूचक दुई हजार २३९ अंकमा पुगेर रोकिएको छ। यो, अहिलेसम्मकै कीर्तिमानी परिसूचक हो।

">