ललितपुर। नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीका कारण संघको साधारणसभा भर्चुअल रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरूमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालीन समस्यालाई मध्यनजर गदै आफ्ना सदस्य संघसंस्थाहरूको तरलता अभावको समस्यालाई समाधान गर्ने उद्धेश्यले तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लागु गरेको बताए।
उनले संघले बहुउद्देश्यीय सहकारीहरूको उन्नतिका लागि थप कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए।
साधारणसभामा अल्पकालीन र दिर्घकालीन कार्ययोजनाबारे जानकारी गराउँदै उनले सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र गरिबी निवारणसम्बन्धी सूचना प्रणाली, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको जानकारी गराए।
पछिल्लो समय मुलुकमा भइरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने तयारी भइरहेको बताए। देशभर रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई सबल बनाउन संघले विभिन्न वर्षभरी विविध कार्यक्रम सञ्चालन गरेको जानकारी उनले दिए।
बहुउद्देश्यीय संघमध्ये यस संघमा ३३९ संघसंस्था आबद्ध छन्। संघले ४१ जिल्लाका सहकारीलाई समेटेको छ। सभामा संघले ४ वर्षे रणनीतिक योजनाअन्तर्गत तय गरेका लक्ष कार्यान्वयन गर्न ५ वर्षे व्यवसायिक योजना २०७७-२०८१ तयार गरेको जानकारी दिइएको थियो।
कार्यक्रममा संघका सञ्चालक समिति उपाध्यक्ष नारायणभक्त श्रेष्ठले साधारणसभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए।
" /> ललितपुर। नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीका कारण संघको साधारणसभा भर्चुअल रूपमा सम्पन्न भएको हो।कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरूमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालीन समस्यालाई मध्यनजर गदै आफ्ना सदस्य संघसंस्थाहरूको तरलता अभावको समस्यालाई समाधान गर्ने उद्धेश्यले तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लागु गरेको बताए।

">