काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्राष्ट्रिय श्रम संगठन (आइएलओ)का क्षेत्रीय निर्देशक रिचार्ड हवार्डबीच आज भेटवार्ता भएको छ।
कोभिड–१९ को महामारीपछि नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका बारेमा आइएलओका क्षेत्रिय निर्देशकसँग महासंघका प्रतिनिधिले छलफल गरेको हो।
भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भने “मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको छ।”
यसैगरी, उनले कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटनसहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराए।
साथै अध्यक्षले उद्योग प्रतिष्ठानलाई सहयोग पुर्याउन काुननी सहायक कक्ष अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराए।
छलफलमा निर्देशक हवार्डले निजी क्षेत्रको प्रवर्द्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलब्ध गराउन आइएलओ तयार रहेको बताए।
" /> काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्राष्ट्रिय श्रम संगठन (आइएलओ)का क्षेत्रीय निर्देशक रिचार्ड हवार्डबीच आज भेटवार्ता भएको छ।कोभिड–१९ को महामारीपछि नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका बारेमा आइएलओका क्षेत्रिय निर्देशकसँग महासंघका प्रतिनिधिले छलफल गरेको हो।

">