काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्सबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र इजरायल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरे।
हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस समझदारी पत्रबाट दुवै मुलुकका व्यावसायिक निकायबीच व्यापारिक सम्बन्ध कायम हुने बताए।
कार्यक्रममा दुवै पक्षका पदाधिकारी तथा इजरायलस्थित नेपाली राजदूत डा. अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत श्री हनान गोडर गोल्डबर्गरको उपस्थिति थियो।
यसबाट नेपाल र इजरायलबीच आर्थिक सम्बन्ध सुदृढ हुने बताउँदै उनले इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा दुई संस्थाबीच भएको समझदारी महत्त्वपूर्ण भएको बताए।
इजरायलका लागि नेपालका राजदूत शाक्यले नेपाल र इजरायलका निजी क्षेत्रबीच सम्बन्ध विस्तारका लागि दुवे चेम्बरको साझा सम्पर्क कायम राख्न यस समझदारीपत्रमा हस्ताक्षर भएको उल्लेख गरे।
इजरायलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः विस्तार हुँदै गएकोले नेपाली उत्पादनका लागि इजरायल राम्रो गन्तव्य हुने उनको भनाइ छ।
नेपालका लागि इजरायलका राजदूत वर्गरले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएको बताउँदै साहसिक पर्यटनका निमित्त इजरायली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताए।
इजरायल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात बर्नस्टीन राइसले यस समझदारी पत्रद्वारा इजरायल–नेपालबीच आर्थिक सम्बन्ध बढाउन उपयुक्त मञ्च प्राप्त भएको र कोभिडपछि नेपाल र इजरायलबीच व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान हुने आशा व्यक्त गरे।
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्सबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र इजरायल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरे।

">