मुलुकको आर्थिक तथा वित्तीय अवस्था : सोधानान्तर स्थिति १ खर्ब ६ अर्ब बचतमा, चालु खाता अझै २१ अर्ब घाटामा
काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको सोधानान्तर स्थिति बचतमा देखिए पनि चालु खाता घाटामा रहेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत मङ्सिर मसान्तसम्म चालु खाता २१ अर्ब ३२ करोड रूपैयाँले घाटामा रहेको छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा यो रकम ४३ अर्ब ८१ करोड रूपैयाँले न्यून हो। अघिल्लो वर्ष (आव २०७६÷७७) को सोही अवधिमा यस्तो घाटा ६५ अर्ब १३ करोड रूपैयाँ रहेको थियो।

चालु खाता भन्नाले मुलुकभित्र भित्रिने कूल विदेशी मुद्रा र मुलुकबाट बाहिरिने मुद्राबीचको अन्तर हो। निर्यात कमजोर रहेको नेपालजस्तो मुलुकको चालु खाता प्रायः घाटामा नै रहन्छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ६ अर्ब ४८ करोड रूपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रूपैयाँले मात्र बचतमा रहेको थियो। यस वर्ष यस्तो बचत अघिल्लो वर्षको तुलनामा ८३ अर्ब १८ करोड रूपैयाँले बढेको हो।

एक देशले अर्को देशसँग गर्ने लेनदेनको हिसाबलाई सोधानान्तर स्थिति भनिन्छ। यो प्रत्येक महिना मापन गर्ने गरिन्छ। पछिल्ला केही महिनायता आयात घटेको र मुलुकमा भित्रिने रेमिट्यान्स बढेका कारण सोधानान्तर स्थिति बचतमा देखिएको हो।

१४ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चित

राष्ट्र बैंकका अनुसार अहिले मुलुकसँग १४ महिनालाई पुग्ने वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको छ।

गत असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रूपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको पाँच महिनामा ५.२ प्रतिशतले बढेको छ। मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ७४ अर्ब ३४ करोड रूपैयाँ पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा मङ्सिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

‘‘आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्