काठमाडौं। कोभिड-१९ महामारीले चौपट बनेको नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकको प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनले विस्तारै अर्थतन्त्र लयमा फर्किएको देखाएको हो।
यही वर्ष २०७७ को असार महिनाको तुलनामा मङ्सिरमा पूर्ण क्षमतामा सञ्चालनमा आएका उद्योगको संख्या उल्लेख्य रूपमा बढेसँगै अर्थतन्त्रमा आशाका किरण देखिएको छ।
चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण धेरै उद्योगहरू बन्द भएका थिए। सञ्चालनमा रहेका उद्योगले पनि आफ्नो क्षमताअनुसार उत्पादन गर्न सकेका थिएनन्।
कोरोना महामारीको डरमा उद्योगहरूले कर्मचारीलाई विदा दिएर थोरै क्षमतामा चलेका थिए। यससँगै आफ्नो पूर्ण क्षमतामा सञ्चालन भएका उद्योग/व्यवसायको संख्या न्यून थियो।
कात्तिकदेखि मङ्सिर २४ गतेसम्म गरिएको सर्वेक्षणले औद्योगिक गतिविधि बढेसँगै औद्योगिक उत्पादन पनि बढेको देखाएको छ। पूर्ण क्षमतामा चल्ने उद्योगको संख्या ५० प्रतिशतले बढेसँगै औद्योगिक उत्पादन/कारोबार पनि २१.७४ प्रतिशतले बढेको छ।
प्रतिवेदनअनुसार असारमा ४.१ प्रतिशत मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा थिए। त्यही समयमा नेपालका ६१ प्रतिशत उद्योग बन्द भएका थिए।
तर, त्यसको सात महिनापछि पूर्ण क्षमतामा सञ्चालन भएका उद्योग संख्या ५० प्रतिशतले बढेको छ। जसअनुसार मङ्सिर महिनासम्ममा ५४ प्रतिशत उद्योग/व्यवसाय आफ्नो क्षमताअनुसार पूर्णरूपमा सञ्चालनमा आएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।
बढ्यो औद्योगिक उत्पादन

राष्ट्र बैंकको प्रतिवेदनअनुसार असार महिनामा उत्पादन/कारोबारको स्थिति जम्मा २८.७७ प्रतिशतमा सीमित थियो। तर, मङ्सिरसम्म आइपुग्दा त्यो बढेर ५०.५१ प्रतिशत पुगेको छ।
रोजगारीमा सुधार
लकडाउन र निषेधाज्ञासँगै गुमेको रोजगारी पनि विस्तारै लयमा फर्किएको राष्ट्र बैंकले बताएको छ। प्रतिवेदनअनुसार निषेधाज्ञाको अन्त्यसँगै रोजगारीको वृद्धिमा पनि सुधार आएको छ।
खासगरी, महामारीको समयमा सबैजसो उद्योग व्यवसाय बन्द हुँदा सबै क्षेत्रको रोजगारी कटौती भएको थियो। उद्योग/व्यवसाय सञ्चालनमा स्थानीयको अवरोध हुँदा व्यवसायीले कर्मचारी कटौती गरेका थिए।
धेरैजसो उद्योग/व्यवसायले खर्च जोगाउने बहानामा कर्मचारी कटौती गर्दा कर्मचारीको रोजगारी नै खोसिएको थियो। तर, महामारीपछि पूर्ण क्षमतामा सञ्चालन हुने र आंशिक रूपमा खुल्ने उद्योगहरूको संख्या वृद्धि भएसँगै रोजगारीमासमेत वृद्धि भएको हो।
असारदेखि मङ्सिरसम्मको अवधिमा रोजगारी वृद्धिमा १० प्रतिशतले सुधार आएको राष्ट्र बैंकले बताएको छ। असारमा ७७.५० प्रतिशत रहेको रोजगारीको अवस्था मङ्सिरमा आइपुग्दा ८७.५१ प्रतिशत पुगेको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीले चौपट बनेको नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकको प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनले विस्तारै अर्थतन्त्र लयमा फर्किएको देखाएको हो।यही वर्ष २०७७ को असार महिनाको तुलनामा मङ्सिरमा पूर्ण क्षमतामा सञ्चालनमा आएका उद्योगको संख्या उल्लेख्य रूपमा बढेसँगै अर्थतन्त्रमा आशाका किरण देखिएको छ।

">