काठमाडौं। थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर ल्याएको छ। कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्री सुरू गरेको जनाएको छ।
थर्ड व्हिलले पछिल्लो २ वर्ष देखि अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ र पार्टपुर्जा विक्रीलगायतका सेवा दिदै आएको थियो। थर्ड व्हिलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् विक्री थालेको हो।
कम्पनीले भारतको प्योर कम्पनीका ई-प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर विक्रीमा राखेको छ। भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट राइड’ गर्न घर अथवा अफिस मा नै उपलब्ध हुनेछन्।
ई प्लुटो ७जी को मूल्य २ लाख ४९ हजार पर्ने कम्पनिले जनाएको छ। क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक छ, जसले फुल चार्जमा स्कुटर ९० देखि १ सय २० किलोमिटर गुड्न सक्नेछ।
तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ। स्कुटरमा एलइडी ड्यासबोर्ड छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्ने बताइएको छ।
ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड व्हिलले आफ्ना ग्राहकका हकमा एक वर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको बताएको छ।
क्रोम फिनिसबाहेक सबै विषेशता रहेको नियो इट्रान्सको मुल्य २ लाख ३४ हजार रूपैयाँ पर्ने जनाइएको छ।
स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसेसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ। कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिने बताएको छ।
" /> काठमाडौं। थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर ल्याएको छ। कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्री सुरू गरेको जनाएको छ।थर्ड व्हिलले पछिल्लो २ वर्ष देखि अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ र पार्टपुर्जा विक्रीलगायतका सेवा दिदै आएको थियो। थर्ड व्हिलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् विक्री थालेको हो।

">