शाओमी विश्वको तेस्रो ठूलो स्मार्ट फोन उत्पादक कम्पनी हो।
• ट्रम्पले जाँदाजाँदै ८ अन्य कारोबारलाई पनि कालोसूचीमा राखेका छन्, जसको सम्बन्ध चिनियाँ सेनासँग रहेको आरोप लगाइएको छ।

जाँदाजाँदै ट्रम्पले दिए चीनलाई झट्का, अमेरिकामा शाओमीलाई ब्याण्ड
बीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब पाँच दिन बाँकी छ। जनवरी २० देखि उनी ह्वाइट हाउसबाट बिदा हुँदैछन्। उनी जाने बेलामा पनि चीनप्रति आक्रामक देखिएका छन्। उनले जाँदाजाँदै चीनलाई झ्टका दिएका छन्।

त्यो झट्का हो– चिनियाँ प्रविधि कम्पनी शाओमीमाथि प्रतिबन्द। उनले शाओमीमाथि अमेरिकामा प्रतिबन्द लगाएका छन्। योसँगै अमेरिकामा चिनियाँ प्रविधि रोक्न संघीय सरकारलाई थप अधिकार दिइएको छ।

ट्रम्प सरकारले चीनको सरकारी कम्पनी नेसनल अफ्शोर वाइल कर्पोरेसन र मोबाइल फोन निर्माता कम्पनी शाओमीलाई कालोसूचीमा राखेको छ।

अमेरिकी बाणिज्य मन्त्रालयले बिहीबार चाइना नेसनल अफ्शोर वाइल कर्पोरेसनलाई एन्टिटी सूचीमा राखेको छ। योसँगै अमेरिकी समूहले अब उक्त कम्पनीको उत्पादन तथा प्रविधि कारोबार गर्न पाउने छैनन्।

शाओमी विश्वको तेस्रो ठूलो स्मार्ट फोन उत्पादक कम्पनी हो। ट्रम्पले जाँदाजाँदै ८ अन्य कारोबारलाई पनि कालोसूचीमा राखेका छन्, जसको सम्बन्ध चिनियाँ सेनासँग रहेको आरोप लगाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्